मधेशमा सुशासनका लागि प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग

Published on

काठमाडौं । मधेश प्रदेशमा सुशासन र सङ्घीय शासन व्यवस्थित गर्न माग गर्दै जनकपुरधामस्थित स्वतन्त्र युवा समाजले प्रदेश प्रमुखमार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ। समाजका सरोजकुमार मिश्र नेतृत्वको टोलीले आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई भेटी संविधानको धारा २३२(३) बमोजिम प्रदेश सभा विघटन गरी प्रदेश प्रमुखको शासन लागू गर्नुपर्ने माग राख्यो।

ज्ञापनपत्रमा भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा सञ्चालित आन्दोलनपछिसमेत प्रदेशमा भ्रष्टाचार, राजनीतिक खिचातानी र सांसदहरूबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको उल्लेख छ। यसले मन्त्रालयदेखि कार्यालयसम्मका सेवा–सुविधा अस्तव्यस्त बनाएको र राष्ट्रियता तथा सार्वभौमसत्तासम्बन्धी निर्णयमा नकारात्मक असर परिरहेको युवाहरूको दाबी छ।

स्वतन्त्र युवाले संविधानअनुसार कम्तीमा छ महिनाका लागि प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई निलम्बन वा विघटन गरी अस्थायी ‘स्वतन्त्र नागरिक सरकार’ गठन गर्नुपर्ने माग राष्ट्रपतिसमक्ष पेस गरेको बताएका छन्। ज्ञापन बुझाउँदै समाजका पदाधिकारीहरूले भने, “प्रदेशमा फैलिएको अराजकता अन्त्य गरी सुशासन कायम गर्न यो कदम अब अपरिहार्य भएको छ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...