झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत

Published on

काठमाडौं । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके पुगेको छ । झापा भद्रपुर ७ का जीवनकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, ५ का मनोज सिंह, ४ का समीर पोखरेल र हल्दिबारी २ का विश्वचन्द्र महतो झापाबाट साइकलयात्रा सुरु गरेको आठौं दिनमा बाँके प्रवेश गर्नुभएको हो । भद्रपुर साइकल समाजको नाममा यात्रा सुरु गरिएको हो ।

साइकल यात्रामा सहभागी हुनु भएका जीवनकुमार श्रेष्ठ भद्रपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख र भद्रपुर साइकल सोसाइटीका अध्यक्षसमेत हुनुहुन्छ । झापाका साइकलयात्रीलाई बाँकेका साइकल अभियन्ता सतीश निरौला र रमेशकुमार मल्लले ढकेरीमा स्वागत गर्दै पश्चिमतर्फको यात्राका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो । पछिल्लो समय पर्या पर्यटन लगायतको सन्देश दिन साइकल यात्रामा निस्कनेहरुको सङ्ख्या बढ्दो क्रममा छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...