बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Published on

काठमाडौं । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बिहान सवा ७ बजे कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ११४५ नम्बरको यात्रुबाहक बस राप्तीसोनारी गापा २ अगैया बजारमा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेर मोटरसाइकल चालक जिल्ला कञ्चनपुर पुनर्वास गाउँपालिका वडा नम्बर ९ घर भई हाल जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बुद्ध टोल बस्ने वर्ष ४४ का कृष्ण घर्ती क्षेत्री घाइते भई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक र बसलाई नियन्त्रणमा लिएर अगैयास्थित प्रहरी चौकीमा राखिएको जनाउँदै मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमै राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...