गुल्मी प्रशासनमा ८१ हतियार दर्ता

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीमा हालसम्म ८१ हतियार दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार हालसम्म यस जिल्लामा साना ठुला गरी कुल ८१ हतियार दर्ता भएका हुन् ।

विभिन्न समयमा यस जिल्लामा दर्ता भएका २८१ हातहतियारहरु मध्ये प्रहरीलाई बुझाएर लगतकट्टा गर्नुका साथै नामसारी र अन्य जिल्लामा स्थानान्तरण गरी अहिले सो सङ्ख्यामा यस जिल्लामा हतियार रहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८२–०८३ का लागि हालसम्म ७५ जनाले हतियार नवीकरण गर्नुभएको छ । बाँकी छ जनाले हतियार नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

हतियार राखेर नवीकरण नगरेमा दोब्बर दस्तुर लिनुका साथै त्योभन्दा बढि रकम विलम्ब शुल्क बुझाएर नवीकरण गर्न पाइने कानुनी प्रावधान रहेको छ । नवीकरण गर्ने कार्य जारी रहेको बताइएको छ । इजाजत पत्र नलिएका तथा इजाजत पत्र नभएका हातहतियार र पाँच वर्षभन्दा बढि अवधिसम्म नवीकरण नभएका हातहतियार गृह मन्त्रालयको निर्देशन बमोजिम प्रशासन कार्यालयले २०८१ वैशाखमा जफत गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...