मुख्यमन्त्री बानियाँद्वारा मतदातालाई सचेत रहन आग्रह, ‘भ्रम छर्ने होइन, काम गर्ने उम्मेदवार छान्नुहोस्’

Published on

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचन नजिकिँदै गर्दा मतदातालाई भ्रम छर्ने गतिविधिबाट सावधान रहन अपिल गर्नुभएको छ। अन्तरिम सरकारले फागुन २१ का लागि तोकेको निर्वाचनका क्रममा मिठा भाषण र भ्रम फैलाउने प्रवृत्ति बढ्ने भएकाले काम गर्न सक्ने उम्मेदवार पहिचान गरी मतदान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

मकवानपुरको मनहरी गाउँपालिका–१, तल्लो मकरीस्थित राधाकृष्ण मन्दिर क्षेत्रमा मङ्गलबार आयोजित सडक ढलान कार्य सुरु गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले फेसबुक–युट्युबमा राम्रो भाषण गर्ने तर काम नगर्नेहरूबाट सावधान रहन आग्रह गर्नुभयो। उहाँले जनताले कुरा मात्र गर्ने होइन, काम पनि गरेर देखाउने व्यक्तिलाई रोज्नुपर्नेमा जोड दिनुभयो।

उहाँका अनुसार प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गर्दै आएको छ र आगामी बजेटलाई थप जनमुखी बनाउने तयारी भइरहेको छ। साथै नागरिकलाई सिप–तालिम प्रदान गरी आयआर्जनसँग जोड्ने कार्यक्रमलाई सरकारले प्राथमिकता दिइरहेको बताउनुभयो। मतदाताले दिएको जनमतको सम्मान गर्दै काम गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री बानियाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँवासीलाई सिप उपलब्ध गराई स्वरोजगार बढाउने प्रयास भइरहेको जानकारी दिनुभयो। गाउँपालिकाले किसानलाई दुग्ध डेरीमार्फत दूध विक्रीको पैसा समयमै भुक्तानी दिलाउने व्यवस्था मिलाएपछि गाईभैंसीपालन गर्ने किसानको सङ्ख्या बढेको उहाँले बताए।

बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी गाउँपालिका–१, तल्लो मकरी–राधाकृष्ण मन्दिर सडक ढलान कार्य सुरु गरिएको हो। ६ मिटर चौडाइ र ७३२ मिटर लम्बाइ रहेको उक्त सडकमा कङ्क्रिट बिछ्याएर मुख्यमन्त्री बानियाँले कार्य उद्घाटन गर्नुभएको हो। करिब ७४ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भई गुनी निर्माण सेवाले काम थालेको जनाइएको छ। वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा औपचारिक रुपमा सडक स्ल्याब ढलानको शिलान्यास गरिएको थियो।

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...