अधुरै रह्यो बाबुछोराको भेट

Published on

काठमाडौं । भारतको सहरमा कठिन परिश्रमपश्चात करिब डेढ वर्षपछि घर फर्किदै गर्नुभएका बुबा फर्किन लाग्दा १२ वर्षीय सुजन खत्रीको मन खुसीले चङ्गा थियो । गत सोमबार बिहानै सुजन गाउँको गाडीमा बुबा लक्ष्मण खत्रीलाई लिन प्युठानको बाग्दुल्ला हिड्नुभयो । छिमेकी बाबुराम खत्रीका अनुसार बजार पुगेर सुजनको लामो समय बुवासँग फोन सम्पर्क नभएपछि घर फर्किरहेका बेला बुबाले सम्पर्क गर्नुभयो । 

सुजन पुन: फर्किएर बुबा लिन जिपमै बाग्दुल्ला हिड्नुभयो । तर, उहाँ सवार जिप साँझ करिब ७ बजे गौमुखी गाउँपालिका–५ ठूलाबेँसी नजिकै आँटीमा दुर्घटनामा पर्‍यो । दुर्घटनाका कारण सुजनको बुबा भेट्ने आशा त्यहिँबाट टुङ्गियो । गाडी दुर्घटनामा परेको खबर सुजनका काका ऋषिराम खत्रीसम्म आइपुगेपछि परिवार शोकमग्न बनेको स्थानीय शिक्षक समेत रहनु भएको बाबुराम खत्रीले बताउनुभयो । परिवारको माया बोकेर घर फर्किदै गर्नुभएका लक्ष्मणले छोरालाई बजारसम्म लिन बोलाउनु भएको थियो । 

छोरा आउने प्रतिक्षामा बाग्दुल्लामा बस्नु भएका बुबा लक्ष्मण खत्रीको चाहानापनि बीच बाटोबाटै खोसियो । खत्री परिवारका एउटा मात्र छोरा सुजन हुनुहुन्थ्यो । घरमा आमासहित सुजन, दुई दिदि र एउटी बहिनी हुनुहुन्थ्यो । पाँच जनाको परिवारको सपनाकै लागि लक्ष्मण विगत केहि वर्षदेखि परदेश आउ–जाउ गर्नुहुन्थ्यो । लामो समयपछिको सुःखद पारिवारीक भेटका लागि घर फर्किनु भएका लक्ष्मण छोरानै नरहेपछि पीडाले विक्षिप्त बन्नुभएको छ । उसै दिन छोरा नरहेको खबर पाउनु भएकी आमा मनिषा अचेत हुनुहुन्छ । घर परिवार मात्रै नभएर कलिलो बालक गुमाएकोमा अग्लुङ्ग निपाने गाउँ शोकमा डुबेको छ । 

अग्लुङ्ग माविले समेत एउटा भविष्यको कर्णधार प्रतिभा गुमाएकाे छ । सुजनसहित १३ जना विद्यार्थी दुई घण्टाको बाटो हिडेर विद्यालय पढ्न आउँथे । सुजनकै परिवारमा दुई दिदिहरुले पनि अग्लुङ्ग माविमा पढ्दै आएका छन् । मङगलबार विद्यालयको प्रार्थना सभामा सुजनको अभावले साथीहरुसँगै सिङ्गो विद्यालय आँसुको आहालमा डुबेकाे थियाे । सुजनसँगै गाउँबाट विद्यालयसम्म आउने साथीहरुको समूहमा पनि सुजन थिएनन् । सधैसँगै आउने एउटा साथी अब कहिल्यै नभेट्ने गरेर छुटेका छन् । शिक्षक कृष्ण चन्दले भन्नुभयो,“ घरमा देखेको विद्यार्थी भएकाले आँखामा घुमिरहेको छ । मृत्युको खबरले घरपरिवारसहित विद्यालय शोकमग्न बनेको छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...