बारपाकमा ४० लाखको किबी बिक्री

Published on

काठमाडौं । गोरखाको पहाडी भूभाग बारपाक सुलीकोट गाउँपालिका – १ बारपाकमा आजकल किबीको मिठासले सजिएको छ । दरौदी नदीको हावाले चुम्बन गरेको पहाड मनासलुको छायाँमा रमाएको खेतबारी र किसानका ओढारभित्र बस्ने सपना सबै आज किबीको बोटसँगै हरियाली भएर उम्रिएका छन् । पहाडको कठोर ढुङ्गा जस्तो कठिन जीवन बुट्यान फाँड्दै अघि बढेका यहाँका किसानहरु अहिले उत्कृष्ट उत्पादनले उज्यालो भविष्यको सम्भावना देखिरहेका छन् ।

यसवर्ष बारपाकका किसानहरुले करिब ४० लाख रुपियाँ बराबरको किबी बिक्री गर्न सफल भएका छन् । बारपाकका किसानहरुले १ किलोलाई ३ सय ५० रुपियाँमा बेच्दै आएका छन् भने बारपाकमा मात्र ए ग्रेडको किबी ८० क्विन्टल ३५० रुपियाँको दरले २० जना किसानले २८ लाख रुपियाँमा बिक्री गरिएको किबी व्यवसायी चन्द्रबहादुर घलेले बताउनुभयो ।

त्यस्तै बी ग्रेडको किबीलाई १ केजीको २ सय ५० रुपियाँ बिक्री गर्ने गरिएकाले अहिले बारपाकबाट झण्डै ५० क्विन्टल बी ग्रेडको किबीबाट १२ लाख ५० हजार रुपियाँ बराबरको किबी बिक्री गर्न सफल भएको किबी कृषक घलेको भनाइ छ । किसानहरुले परिश्रमका दानालाई गहिरो मिहिनेतले सिँचाइ गर्दा किबी बगानले जीवनमा नयाँ हरियो अध्याय लेखिदिएको किसानहरुको अनुभूति छ । किबीका परिपक्व बोटहरुमा फलामका गुणझैं झुण्डिएका फलहरुले गर्दा अहिले किसानहरुले गर्व गरिरहेका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाले बारपाकमा २०७६ सालमा किबीका बिरुवाहरु निःशुल्क रुपमा वितरण गर्दा शङ्का र जिज्ञासाको विषय बनेको थियो । तर समयले प्रमाणित गरिदियो । बारपाकको माटो, हावापानी र मेहनतले किबीलाई पकेट क्षेत्रको रुपमा चिनायो । बारपाक किबीको नमुना क्षेत्र बन्दै गएको छ, नमुना कृषक चन्द्रबहादुर घलेले भन्नुभयो, ‘‘जौविक खेती र प्राकृतिक स्वाद पहिलो रोजाइ भएकाले काठमाडौँ, पोखरा र बुटबलका व्यापारीहरु किबी किन्न बारपाक आइपुगेको उहाँले बताउनुभयो ।’’

अहिले बारपाक किसानहरु किबी खेती विस्तार गर्दै जाने योजना किसानहरुको छ । बारपाकमा पालिकाले तालिम, प्राविधिक सहयोग, निःशुल्क किबीका बिरुवा, बजार पहुँचका कार्यक्रम गरी कृषकलाई सहयोग गर्दै आएकाले किबी कृषकलाई सहज भएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको भनाइ छ ।

बारपाकका किसानहरुको यो उपलब्धिले पहाडमा बसेर पनि विश्व बजारसम्म पुग्न सकिने प्रमाण दिएको छ । किबीको हरियो स्वादले किसानको जीवनमा हरियो उज्यालो भित्रयाएको छ । अनि बारपाकको पहाडमा फेरि एउटा नयाँ कृषिको बिहान उदाउँदैछ भन्ने पुष्टि गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...