जाजरकोटमा अवैध साल काठसहित बस र बसधनी पक्राउ

Published on

काठमाडौं । जिल्लामा अवैध सालका काठ बोकेको बस नियन्त्रणमा लिँदै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बाँकेको नेपालगञ्जबाट जाजरकोटको कालीमाटी हुँदै रुकुम पश्चिमको आठबिसकोटतर्फ जाँदै गरेको भे १ ख २७८३ नम्बरको बसमा काठ तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–१ निवासी ३० वर्षीय प्रकाशबहादुर सुनार, जो बसका धनी समेत हुन्, रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले भेरी नगरपालिका–१३, कुदु नजिक बस रोकेर चेकजाँच गर्दा अवैध सालका कडी फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

उहाँका अनुसार गाडी चालक सुर्खेत भेरीगङ्गा नगरपालिका–४ का कर्णबहादुर सुनार भने घटनास्थलबाट फरार भएका छन्। बसभित्र विभिन्न साइजका ४७ थान साल काठ बरामद गरिएको र काठसँगै बस पनि रीतपूर्वक जफत गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्री र बससहित पक्राउ परेका सुनारलाई आवश्यक कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालय, जाजरकोटमा बुझाइएको प्रहरीको भनाइ छ।

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...