पृथ्वी राजमार्गको विजयपुर सडकमा यातायात अवरुद्ध नहुने

Published on

काठमाडौं । विजयपुर खोलास्थित निर्माणाधीन पुलमा बुधबार गर्न तय गरिएको गिर्डर लन्चिङ कार्य स्थगित भएपछि पृथ्वी राजमार्गको विजयपुर सडक खण्डमा यातायात अवरुद्ध नपर्ने भएको छ । क्रेनमा देखिएको प्राविधिक समस्याका कारण निर्धारित काम अगाडि बढ्न नसक्दा कुनै प्रकारको सडक बन्द वा एकतर्फी यातायात सञ्चालन गर्ने आवश्यकता नरहेको योजना निर्देशनालय (एडीबी)अन्तर्गतका अधिकारीहरूले स्पष्ट गरेका छन् ।

योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार क्रेनसम्बन्धी समस्या समाधान नभएकाले आजका लागि गिर्डर राख्ने कार्य रोकिएको हो । यसअघि मङ्सिर ३ देखि ११ गतेसम्म पुलमा गिर्डर लन्चिङ कार्य हुने जानकारी सार्वजनिक गरिएको थियो । तर देखा परेको प्राविधिक अवरोधले काम अन्योलमा परेपछि आजको दिनलाई ‘नो ब्लक–नो डिसरप्सन’ बनाइएको छ ।

कार्य स्थगित भएपछि पृथ्वीराजमार्गको विजयपुर सडक खण्डमा सवारी आवतजावत पूर्ण रूपमा सामान्य रहनेछ। यात्रु, स्थानीय बासिन्दा तथा सडक प्रयोगकर्तालाई निर्धारित समयमा सडक बन्द हुने गलत बुझाइमा नपर्न ट्राफिक प्रहरी, स्थानीय प्रशासन तथा निर्माण समूहले आग्रह गरेका छन् । गिर्डर लन्चिङको नयाँ मिति आवश्यक प्राविधिक तयारी पूरा भएपछि फेरि निर्धारण गरिने र त्यसको औपचारिक जानकारी यात्रु तथा सम्बन्धित निकायलाई अग्रिम रूपमा दिने तयारी भइरहेको निर्माण आयोजनाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...