पृथ्वी राजमार्गको विजयपुर सडकमा यातायात अवरुद्ध नहुने

Published on

काठमाडौं । विजयपुर खोलास्थित निर्माणाधीन पुलमा बुधबार गर्न तय गरिएको गिर्डर लन्चिङ कार्य स्थगित भएपछि पृथ्वी राजमार्गको विजयपुर सडक खण्डमा यातायात अवरुद्ध नपर्ने भएको छ । क्रेनमा देखिएको प्राविधिक समस्याका कारण निर्धारित काम अगाडि बढ्न नसक्दा कुनै प्रकारको सडक बन्द वा एकतर्फी यातायात सञ्चालन गर्ने आवश्यकता नरहेको योजना निर्देशनालय (एडीबी)अन्तर्गतका अधिकारीहरूले स्पष्ट गरेका छन् ।

योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार क्रेनसम्बन्धी समस्या समाधान नभएकाले आजका लागि गिर्डर राख्ने कार्य रोकिएको हो । यसअघि मङ्सिर ३ देखि ११ गतेसम्म पुलमा गिर्डर लन्चिङ कार्य हुने जानकारी सार्वजनिक गरिएको थियो । तर देखा परेको प्राविधिक अवरोधले काम अन्योलमा परेपछि आजको दिनलाई ‘नो ब्लक–नो डिसरप्सन’ बनाइएको छ ।

कार्य स्थगित भएपछि पृथ्वीराजमार्गको विजयपुर सडक खण्डमा सवारी आवतजावत पूर्ण रूपमा सामान्य रहनेछ। यात्रु, स्थानीय बासिन्दा तथा सडक प्रयोगकर्तालाई निर्धारित समयमा सडक बन्द हुने गलत बुझाइमा नपर्न ट्राफिक प्रहरी, स्थानीय प्रशासन तथा निर्माण समूहले आग्रह गरेका छन् । गिर्डर लन्चिङको नयाँ मिति आवश्यक प्राविधिक तयारी पूरा भएपछि फेरि निर्धारण गरिने र त्यसको औपचारिक जानकारी यात्रु तथा सम्बन्धित निकायलाई अग्रिम रूपमा दिने तयारी भइरहेको निर्माण आयोजनाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...