बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

Published on

काठमाडौं । बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार जिल्लाका केही स्थानमा दुईवटा पशु मरेको भए पनि अहिले अधिकांश क्षेत्रमा अवस्था सामान्य रहेको छ । दसैँअघि सातवटै स्थानीय तहका करिब १६२ भन्दा बढी पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको थियो । यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको हो ।

जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काका अनुसार सङ्क्रमण देखिएलगत्तै खोप वितरण र पशुको आहारामा ध्यान दिइएकाले रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार केही किसानले आफ्नै खर्चमा औषधी किनेर उपचार गरेका थिए भने केहीलाई गाउँपालिकाले सहयोग प्रदान गरेको थियो । हाल १६२ सङ्क्रमित पशु चौपायामध्ये सातवटा मात्र उपचाररत छन् । राप्तीसोनारी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार गाउँपालिका–६ को खल्ला टपरीबाट सुरु भएको सङ्क्रमण पछिल्लो समय वडा नम्बर ८ सम्म पुगेपनि अहिले आएर नियन्त्रणमा आएको छ ।

उहाँले भन्नुभयो, “सुरुमा भ्याक्सिनको अभावले चुनौती थियो, तर पछि भ्याक्सिन सबैलाई उपलब्ध भएपछि अहिले अधिकांश पशुमा देखिएको लम्पी स्किन नियन्त्रणमा आएको छ ।” नरैनापुर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जगतराम यादवका अनुसार नरैनापुरमा ८५ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएपनि स्थिति नियन्त्रणमा रहेको छ । पशु चिकित्सकहरूका अनुसार निरन्तर निगरानी, खोप व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमका कारण लम्कि स्किनको सङ्क्रमण नियन्त्रणमा आएको र रोगलाई नै स्थायी रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...