आफैँ भलमनसा आफैँ चौकीदार

Published on

काठमाडौं । थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको भलमनसा प्रथामा घर घर खबर पु¥याउनका लागि चौकीदार (चिरक्या) राख्ने चलन छ तर पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमनसाले नै चौकीदारको काम पनि गर्ने क्रम बढ्न थालेको छ ।  गाउँको सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कतिपय गाउँमा भलमनसाले नै आफैँ चौकीदारको भूमिका पनि निर्वाह गर्न थालेका हुन् । चौकीदारलाई अनिवार्य पारिश्रमिक दिने चलन छ । त्यो पारिश्रमिक खर्च कटौती गर्नका लागि भलमनसा बन्नेले नै चौकीदारको भूमिका पनि निर्वाह गर्ने क्रम बढिरहेको धनगढी उपमहानगरपालिका–७, देवहरियाका भलमनसा भौनीदेवी चौधरीले बताउनुभयो । 

३० घरधुरीको नेतृत्व गरिरहनुभएका उहाँले चौकीदारले गर्ने काम पनि आफैँले गरिरहेको जानकारी दिनुभयो । “गाउँमा भलमनसा बन्न चिठा हाल्ने गरिएको छ,” चौधरीले भन्नुभयो, “भलमनसाले नै सबै घरमा बैठकलगायत बेगारी (सार्वजनिक काम) को खबर पु¥याउने निर्णय अनुसार मैले गाउँको नेतृत्व र सन्देशवाहकको काम गरिरहेको छु ।” गाउँको नेतृत्व र सन्देशवाहक दुवै काम गरेबापत गाउँवासीले प्रतिघरधुरीबाट वार्षिक चार सय रुपियाँ पारिश्रमिक दिने गरेका छन् । धनगढी उपमहानगरपालिका–६, मटियारीका भलमनसा बिन्तीराम चौधरीले पनि आफैँले चौकीदारका रूपमा घर घर खबर पु¥याउने कार्य गरिरहनुभएको छ । छ वर्षदेखि गाउँको नेतृत्व गर्दै आइरहनुभएका उहाँले त्यति नै समयदेखि चौकीदारले गर्ने काम पनि गरिरहेको सुनाउनुभयो । “भलमनसा र चौकीदारको भूमिका निर्वाह गरेबापत प्रतिघरधुरीबाट वार्षिक ४० केजीको दरले धानबाली पाउने गरेको छु,” उहाँले भन्नुभयो । 

भलमनसा प्रथामा भलमनसा (नेतृत्वकर्ता), अघरिया (सहायक भलमनसा), देशबन्धिया गुरुवा, केसौका र चौकीदार रहने चलन छ तर पछिल्लो समय पारिश्रमिकबापत दिइने आर्थिक भार कटौतीका लागि गाउँवासीकै निर्णयमा भलमनसाले नै खबरवाहकको काम गरिरहेका छन् । त्यसै गरी चौकीदार कोही बन्न नचाहेका कारणले पनि बाध्य भएर भलमनसाले नै चौकीदारले गर्ने काम गर्नु परिरहेको छ । गाउँमा चौकीदारका रूपमा कोही पनि काम गर्न इच्छुक नभएपछि चौकीदारको भूमिका पनि आफैँले निर्वाह गरिरहेको कञ्चनपुरको बेलौरी नगरपालिका–४, मोतीपुरका भलमनसा वीरबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चौकीदारको आवश्यकता छ तर कोही बन्न चाहेका छैनन् । त्यसैले नेतृत्व र सन्देश पु¥याउने कार्य म आफैँले गरिरहेको छु ।” गाउँमा भलमनसा र चौकीदारका रूपमा काम गरेबापत आफूले प्रतिघरधुरीबाट वार्षिक पाँच केजी धान र एक बेगारी पारिश्रमिक पाउने गरेको चौधरीले जानकारी दिनुभयो । 

थारू समुदायमा सहायक अन्य नभए पनि भलमनसा र चौकीदार रहनुपर्ने अनिवार्य छ । गाउँको नेतृत्व गर्न तथा खबर पु¥याउन यी दुई नभई हुँदैन तर पछिल्लो समय चौकीदार बन्न कोही अगाडि नबढ्ने समस्या देखिएको छ ।  कोही चौकीदार बन्न इच्छुक नभएपछि बेलौरी नगरपालिका–१०, सडकघाटमा लट्ठी चौकीदारको अभ्यास गर्न थालिएको छ । सो गाउँका भलमनसा हरिलाल चौधरीका अनुसार एक घरका व्यक्तिले १० दिन चौकीदारको भूमिकामा काम गर्नु पर्दछ । १० दिन पुगेपछि सो भूमिकामा रहेको व्यक्तिले नदोहोरिने गरी आफ्नो छिमेकको घरमा लट्ठी पु¥याउने गरिएको छ । लट्ठी पाएको परिवारका व्यक्तिले १० दिन चौकीदारका रूपमा काम गर्नु पर्छ । यसरी नै पालैपालो चौकीदार बन्ने क्रम चलिरहेको छ । गोरखापत्र  

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...