चार महिनापछि खुल्यो सङ्घीय खानेपानी जुम्ला कार्यालयको ताला

Published on

काठमाडौं । जुम्लामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको विरोधमा जुम्लाका राजनीतिक दल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका थिए । कार्यालय खारेज भएपछि प्रतिनिधिसभामा जुम्लाका सांसदहरुले तत्कालीन सरकारको ध्यानाकर्षण गराएका थिए । जिल्लादेखि सदनसम्मको आवाज र पहलले पछि सरकारले जुम्लालाई फिल्ड कार्यालयको रुपमा पुनः जिम्मेवारी दिएको थियो । तर स्थायी कार्यालय आवश्यक रहेको भन्दै तालाबन्दी यथावत् थियो । उक्त तालाबन्दी कामकाजका लागि खोलिएको छ ।

जिल्ला स्तरीय पहलकर्ताको नेतृत्व गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले काम काजका लागि ताला खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय फिल्ड कार्यालयले गर्ने कामहरु कार्यालय तालाबन्दी हुँदा असर हुने भएको सेवाग्राहीको गुनासो अनुसार जनप्रतिनिधि, राजनैतिक दलको सल्लाहमा ताला खोलिएको छ । फिल्ड कार्यालय जुम्लाका कर्मचारी खगेन्द्र भण्डारीले चार महिनादेखि कार्यालय तालाबन्दी हुदा सेवाग्राहीबाट गुनासो बढेकाले कार्यालयको माग अनुसार ताल खुलेकोमा सबैलाई धन्यवाद दिनुभयो ।

नयाँ भवनमा ताला यथावत्
जिल्ला समन्वय समितिका प्रमुख आचार्यले भने यहाँको बृहत् धौलीगाड खानेपानी आयोजनाको काम रोकिएकाले काम सुचारु नहुँदासम्म ताला नखोल्ने समन्वय प्रमुख आचार्यले जानकारी दिनुभयो । यता अन्य कार्यालय खुले पनि जुम्लाको स्थायी कार्यालयका लागि पहल निरन्तर जारी रहेको उहाँले जानकारी दिनुभयो । जुम्लामा करोडौँको भवन लगाएर कार्यालय सरेपछि सरोकारवाला निकाय र राजनैतिक दलले विरोध गर्दै आएका छन् ।

फिल्ड कार्यालयको लेखा प्रणाली भने सङ्घीय खानेपानी कार्यालय सुर्खेतबाट सुरु भएको छ । सरकारले खानेपानी आयोजना जुम्ला खारेज गरेपछि माथिल्लो कर्णालीको कामसमेत प्रभावित हुन थालेको छ । लेखा प्रणालीनै सुर्खेत सारेपछि खानेपानीका सानातिना कामले कर्णालीका मानिसहरु सुर्खेत जानुपर्ने बाध्यताले विरोध भइरहेको छ ।

सरकारले गत असारमा कार्यालय खारेज लेखाप्रणली हटाएपछि कर्मचारी दरबन्दी पनि हटाएको छ । अहिले जुम्ला फिल्ड कार्यालयमा खानेपानी कार्यालय सुर्खेतअन्तर्गत इन्जिनियर कपिलप्रसाद मोचीसहित तीन जना खटाएइको छ । तर सबै कामकाज सुर्खेतबाट गर्नुपर्ने भएकाले समस्या भइरहेको छ । सङ्घीय खानेपानी सुर्खेतका प्रमुख भोलाप्रसाद थापाले धौलीगाड खानेपानी तातो सिजनमा काम अगाडि बढ्ने बताउनुभयो । उहाँका अनुसार फिल्ड कार्यालयमा पनि द्रुत बढाउन प्रयास भइरहेको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...