प्रतिनिधिसभा चुनाव लक्षित गर्दै बाजुरामा १२ नयाँ मतदान केन्द्र सिफारिस

Published on

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै जिल्लाभर १२ नयाँ मतदान केन्द्र सिफारिस गरेको छ। स्थानीय आवश्यकताअनुसार चार स्थानीय तहमा नयाँ मतदान केन्द्र थप गर्न सिफारिस आयोगमा पठाइएको कार्यालयले जानकारी दिएको छ। निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं. १ मा २ र वडा नं. ३ मा थप २ मतदान केन्द्र प्रस्ताव गरिएको छ। त्यस्तै हिमाली गाउँपालिकाको वडा नं. १ बिच्छ्यामा १, वडा नं. ५ मा १ र वडा नं. ६ मा २ मतदान केन्द्र सिफारिस गरिएको छ। त्रिवेणी नगरपालिका–८ मा २ र बुढीनन्दा नगरपालिका–३ मा २ मतदान केन्द्र थप्ने प्रस्ताव आयोगमा पेस गरिएको उनले बताए। यससँगै बुढीगंगा नगरपालिका–२, ३, ५ र ९ का केही मतदान केन्द्र वडाको कार्यालयमा सार्न आवश्यक देखिएकाले स्थानान्तरणका लागि पनि सिफारिस पठाइएको कार्यालयले जनाएको छ।

हाल बाजुराका पाँच नगरपालिका र चार गाउँपालिकामा गरी ७० मतदान स्थल र ११२ मतदान केन्द्र रहेका छन्। जिल्लामा ८६ हजारभन्दा बढी मतदाता दर्ता छन्। करिब २२ दिनको अवधिमा ८८ महिला र १३३ पुरुष गरी २२१ नयाँ मतदाता थपिएको निमित्त प्रमुख महतले जानकारी दिए। कात्तिक २ गते मात्रै १० जनाले नाम दर्ता गराएका छन्। अझै करिब २८ दिन नाम दर्ताको समय बाँकी रहेको बताउँदै महतले सबैलाई समयमै कार्यालयमा आएर नामावली दर्ता गर्न आग्रह गरे। निर्वाचन आयोगले जेनजेड लक्षित कार्यक्रमका रूपमा असोज १० गतेदेखि सुरू गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया कात्तिक मसान्तसम्म चल्ने जनाएको थियो। तर उल्लेख्य सहभागिता बढेपछि म्याद थप्दै आयोगले मङ्सिर ५ गतेसम्मका लागि समय विस्तार गरेको जनाएको छ।

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...