सप्तरीमा ९७८ किलो गाँजासहित ट्रक चालक पक्राउ

Published on

काठमाडौं । सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाबाट बिहीबार राति प्रहरीले ९७८ किलो गाँजासहित सुनसरीको धरान नगरपालिका वडा १३ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । बिहीबार राति १०ः३० बजेको समयमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोराभित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९७८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक काफ्लेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा, ट्रक र ट्रक चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...