फोरजी सेवा विस्तार

Published on

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको छ । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाले फोरजी सेवा सञ्चालनमा ल्याएपछि खार्पुनाथ गाउँपालिकालाई समेत सहज भएको हो ।  दूरदराजमा रहेका गाउँबस्तीका नागरिकलाई फोरजी सेवा प्रवाह भएपछि दुई वटा गाउँपालिकाका सेवाग्राही खुसी भएका छन् । सो सेवा सञ्चालन गर्दा सर्केगाड गाउँपालिकाको लगानी भए पनि उच्च क्षेत्रमा सो टावर राख्दा खार्पुनाथ गाउँपालिकाका नागरिकसमेत सेवाको पहुँचमा जोडिएका हुन् । लामो समयदेखि प्रतीक्षामा रहेको सर्केगाड गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । सर्केगाडको गौसा, जैर र छ्यागी गरी तीन वटा टावर सञ्चालनमा आएसँगै स्थानीयवासी आधुनिक द्रुतगतिका इन्टरनेट सेवाबाट लाभान्वित बन्न थालेका छन् । गाउँपालिकामा सञ्चार पहुँच विस्तारका लागि पछिल्लो समय गरिएका प्रयास सफल बनेको गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले बताउनुभयो । सर्केगाड गाउँपालिका क्षेत्रमा फोरजी सेवा विस्तारमा योगदान पु¥याएको भन्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के, उपप्रबन्धक प्रेम क्षेत्री, निर्देशक प्रेम सिलवाल, फिल्ड प्राविधिक टोलीका सहायक प्राविधिक अधिकृत राकेश गिरी र रमेशप्रसाद घिमिरे, प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक कमल लामिछानेलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

टावर सञ्चालनमा आएपछि सर्केगाड मात्र नभई छिमेकी गाउँपालिकाका केही वडामा समेत फोरजी सेवा विस्तार भइरहेको नेपाल टेलिकमले जनाएको छ । यस्तै सेवा विस्तार हुन बाँकी रहेका क्षेत्रका लागि सर्केगाड–५ को भदालीस्थित भिसेटलाई पनि चाँडै फोरजीमा रूपान्तरण गर्ने तयारी भइरहेको नेपाल टेलिकम हुम्लाले जनाएको छ । सर्केगाडसँगै खार्पुनाथ गाउँपालिकाको लाली, प्युस, राया, थाली, गोप्कालगायतका गाउँबस्तीमा उक्त सेवा सञ्चालनमा आएको स्थानीय गणेश सिंहले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...