फोरजी सेवा विस्तार

Published on

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको छ । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाले फोरजी सेवा सञ्चालनमा ल्याएपछि खार्पुनाथ गाउँपालिकालाई समेत सहज भएको हो ।  दूरदराजमा रहेका गाउँबस्तीका नागरिकलाई फोरजी सेवा प्रवाह भएपछि दुई वटा गाउँपालिकाका सेवाग्राही खुसी भएका छन् । सो सेवा सञ्चालन गर्दा सर्केगाड गाउँपालिकाको लगानी भए पनि उच्च क्षेत्रमा सो टावर राख्दा खार्पुनाथ गाउँपालिकाका नागरिकसमेत सेवाको पहुँचमा जोडिएका हुन् । लामो समयदेखि प्रतीक्षामा रहेको सर्केगाड गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । सर्केगाडको गौसा, जैर र छ्यागी गरी तीन वटा टावर सञ्चालनमा आएसँगै स्थानीयवासी आधुनिक द्रुतगतिका इन्टरनेट सेवाबाट लाभान्वित बन्न थालेका छन् । गाउँपालिकामा सञ्चार पहुँच विस्तारका लागि पछिल्लो समय गरिएका प्रयास सफल बनेको गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले बताउनुभयो । सर्केगाड गाउँपालिका क्षेत्रमा फोरजी सेवा विस्तारमा योगदान पु¥याएको भन्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के, उपप्रबन्धक प्रेम क्षेत्री, निर्देशक प्रेम सिलवाल, फिल्ड प्राविधिक टोलीका सहायक प्राविधिक अधिकृत राकेश गिरी र रमेशप्रसाद घिमिरे, प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक कमल लामिछानेलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

टावर सञ्चालनमा आएपछि सर्केगाड मात्र नभई छिमेकी गाउँपालिकाका केही वडामा समेत फोरजी सेवा विस्तार भइरहेको नेपाल टेलिकमले जनाएको छ । यस्तै सेवा विस्तार हुन बाँकी रहेका क्षेत्रका लागि सर्केगाड–५ को भदालीस्थित भिसेटलाई पनि चाँडै फोरजीमा रूपान्तरण गर्ने तयारी भइरहेको नेपाल टेलिकम हुम्लाले जनाएको छ । सर्केगाडसँगै खार्पुनाथ गाउँपालिकाको लाली, प्युस, राया, थाली, गोप्कालगायतका गाउँबस्तीमा उक्त सेवा सञ्चालनमा आएको स्थानीय गणेश सिंहले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...