रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Published on

काठमाडौं । झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएकोक छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ३८ वर्षीय बिनोद राउतको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार बेलुकी भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेकोे मोटरसाइकलले सडकको छेउमा रोकिएको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घटनामा परेर गम्भीर घाइते बनेका मोटरसाइकल चालक राउतको उपचारको क्रममा शनिबार रातिनै मृत्यु भएको जनाइएको छ । उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार स्थानीय २१ वर्षीय निश्चल भुजेल पनि घाइते रहनु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्काले जानकारी दिनुभएको छ । दुर्घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...