रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Published on

काठमाडौं । झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएकोक छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ३८ वर्षीय बिनोद राउतको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार बेलुकी भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेकोे मोटरसाइकलले सडकको छेउमा रोकिएको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घटनामा परेर गम्भीर घाइते बनेका मोटरसाइकल चालक राउतको उपचारको क्रममा शनिबार रातिनै मृत्यु भएको जनाइएको छ । उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार स्थानीय २१ वर्षीय निश्चल भुजेल पनि घाइते रहनु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्काले जानकारी दिनुभएको छ । दुर्घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...