सञ्चारमन्त्री खरेल गृह जिल्लामा

Published on

काठमाडौं । नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेल आइतबार आफ्नो गृह जिल्ला दोलखा पुग्नु भएको छ। दोलखा पुग्नुभएका मन्त्री खरेल विभिन्न कार्यक्रमहरुमा सहाभागी हुनुहुने बताइएको छ । जन्मस्थल जिल्लाको कालिन्चोक गाउँपालिका –८, सुनखानी पुगेपछि स्थानीयवासीहरूले मन्त्री खरेललाई बाजागाजासहित स्वागत तथा अभिनन्दन गर्नुभएको थियो। जिल्ला प्रवेश गरेलगत्तै मन्त्री खरेलले आफ्नै जन्मस्थानस्थित कालिनाग मन्दिरको दर्शन गरी पूजा अर्चना गर्नुभएको थियो। स्थानीय स्तरमा आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले आफूलाई दिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने बताउनुभएको छ।

मन्त्री खरेल आइतबार राति सदरमुकाम चरिकोटमै बास बस्ने कार्यक्रम रहेको साथै सोमबार जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँग छलफल तथा बैठकमा सहभागी हुने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...