पुल नहुँदा दुई गाउँको सम्बन्धविच्छेद

Published on

काठमाडौं । दाङको दङ्गीशरण गाउँपालिका–३, हेकुली र वडा नं. ५, सलौराबिचको सीमाक्षेत्र मायाखोलामा अझै पनि पुल नबन्दा दुवै गाउँका बासिन्दाले आवतजावतमा बर्सौंदेखि समस्या भोगिरहेका छन् । हिँडेर जम्मा १० मिनेटमै पुगिने दुरी भए पनि खोलामा पुल नहुँदा घन्टौँ लाग्ने वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । स्थानीय सिजुली चौधरीका अनुसार मायाखोलामा बाढी आयो भने गाउँवासीलाई घुमाउरो बाटो हिँड्नु पर्छ । “खोला बढ्यो भने उत्तरतर्फ मिरौली, पोटली, नन्द्रागाउँ वा दक्षिणतर्फ बैबाङ र सुकदेवा मौली हुँदै हिँड्नु पर्छ,” उहाँले भन्नुभयो, “साधन भएका मानिसका लागि यो बाटोमा चलाउनै गाह्रो छ, पैदल हिँड्नेलाई पनि निकै सास्ती हुन्छ ।” उहाँले पालिकाले चाहेमा त्यो बाटो समाएर हिँडडुलका लागि सहज बनाउन सकिने भए पनि पालिकाले वास्ता नगरेको बताउनुभयो । 

दङ्गीशरण गाउँपालिकाका पूर्वअध्यक्ष भागीराम चौधरीले आफ्नो कार्यकालमा सो बाटोको स्तरोन्नति गरे पनि पुल निर्माणका लागि प्रदेश र सङ्घीय सरकारको ध्यान नपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पुल निर्माणका लागि पटक पटक पहल ग¥यौँ तर माथिल्लो तहले वास्ता गरेन । यद्यपि मैले पालिकाको पूर्वजनप्रतिनिधिको हैसियतले अहिले पनि सो क्षेत्रमा पुल निर्माणका लागि प्रदेश र सङ्घीय सांसददेखि सम्बन्धित मन्त्रालयसम्म पुगेर फाइल बुझाउनेदेखि दबाबका लागि निरन्तर पहल गरिरहेको छु ।” 

यस्तै दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि पुल निर्माणका लागि हरेक आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारमा योजना पेस गरे पनि समावेश नभएको बताउनुभयो । अध्यक्ष गिरीले भन्नुभयो, “हामीले हरेक वर्ष प्रदेश र सङ्घीय सरकारको सम्बन्धित मन्त्रालयमा योजना पेस गर्छौं तर पारित हुँदैन । पालिकामा आफैँले पुल बनाउन सक्ने बजेट छैन ।” उहाँले आगामी आर्थिक वर्षमा पालिकाले पहिलो नम्बरमा उक्त योजनालाई राखेर फेरि पनि मथिल्लो तहमा योजना पेस गर्ने तयारीमा रहेको लागेको बताउनुभयो । मायाखोलामा पुल नहुँदा हेकुली र सलौराबिचको सम्बन्धविच्छेद जस्तै भएको स्थानीय बताउँछन् । दङ्गीशरण–५, सलौराका स्थानीय भीम चौधरीले भन्नुभयो, “पहिला हामी त्यही बाटो भएर पालिका, स्वास्थ्य कार्यालयमा जान्थ्यौँ, पुल नहुँदा पल्लो गाउँबाट घुमेर जानु पर्छ । यसले गर्दा हेकुली र सलौराको सम्बन्ध नै टुटेको छ ।” गोरखापत्र  

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...