आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो

Published on

काठमाडौं । यहाँस्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । विसं  २०७२ बैशाख १२  को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो । कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो । तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना  आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ । 

करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो ।  नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङका अनुसार तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग  निको भएको दाबीसमेत गर्नुभयो ।  विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलसमेतले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताउनुभयो ।  अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...