नवलपरासीमा छ हजारभन्दा बढी नयाँ मतदाता थपिए

Published on

काठमाडौं । पश्चिम नवलपरासीमा आसन्न निर्वाचनका लागि छ हजारभन्दा बढी मतदाता थपिएका छन् । असोज १० देखि मङ्सिर ५ गतेसम्म भएको मतदाता नामावली सङ्कलनमा जिल्ला निर्वाचन कार्यालय परासीमा प्रत्यक्ष उपस्थित भएर ६ हजार १४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये तीन हजार २३५ पुरुष, दुई हजार ९०४ महिला र एक जना अन्य छन् । यसैगरी, अद्यावधिक विवरण एक सय ५६ जनाले सच्याएका छन् भने चार सय ६४ जनाले ठाउँ सारी गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी करण चौहानले जानकारी दिनुभयो ।

यसैगरी, राष्ट्रिय परिचय पत्रमार्फत अनलाइनबाट कुल पाँच हजार ३८० जनाले मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिएका छन् । अनलाइनमा प्राप्त विवरण रुजु गर्ने काम भइरहेको चौहानले बताउनुभयो । ‘‘प्राप्त आवेदनमध्ये आधा जति प्रमाणित भइसकेको छ, कतिपय विवरण नमिल्दा स्वीकृत हुन सकेको छैन, केही दिन भित्र पूरा विवरण प्राप्त हुन्छ ।’’ चौहानले भन्नुभयो । अनलाइन आवेदन समेत स्वीकृत हुँदा जिल्लामा दस हजारभन्दा बढी नयाँ मतदाता थपिने छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...