दुई हजार दुईसय विद्यार्थीको आँखा जाँच

Published on

काठमाडौं । अर्जुनचौपारी गाउँपालिकाको दुई हजार २५९ जना विद्यार्थीले आँखा जाँच गराएका छन् । पालिकाले विद्यालयमै पुगेर चार दिनसम्म गरिएको निःशुल्क आँखा जाँच शिविरमा २१७ जनामा थप उपचार आवश्यक रहेको बताइएको छ । वडामा रहेको विद्यालयमा पुगेर गरिएको आँखा जाँच शिविरमा वडा –१ मा ७४३ जनाको आँखा परीक्षण गरिँदा १०१ जना विद्यार्थीलाई थप उपचारका लागि अस्पताल पठाइएको छ । यस्तै, वडा –२ र ३ का विद्यालयका ५६१ जना विद्यार्थीको परीक्षण गर्दा ४७ जनालाई थप उपचारका लागि रेफर गरिएको छ । 

यस्तै वडा –५ का विद्यालयमा जाँच गरिएको छ, जहाँ ४२६ जनाले परीक्षण गर्दा ३४ जनामा समस्या भेटिएको छ । यस्तै वडा –४ र ६ का विद्यालयका ५२९ जनाको परीक्षण हुँदा ३५ जनाको आँखामा समस्या देखिएको छ । विद्यार्थीको दृष्टि समस्याले पढाइ र विकास दुबैमा प्रभाव पर्ने बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले यसैले आँखा जाँच विद्यालय पुगाएको बताउनभुयो । उहाँले थप उपचारको सिफारिस भएको बालबालिकाको सम्पूर्ण उपचार निःशुल्क उपलब्ध हुने बताउनुभयो ।

स्थानीय विद्यालय, अभिभावक र स्वास्थ्यकर्मीको सहकार्यका कारण अभियान प्रभावकारी बनेको उल्लेख गर्दै तिवारीले ‘स्वस्थ आँखाबाट उज्यालो भविष्य’ अभियानलाई निरन्तरता दिने बताउनुभयो । परीक्षणबाट रेफर गरिएका विद्यार्थीको पहिलो चरणको उपचार गाउँपालिका भवनमै रहेको आँखा उपचार केन्द्रमार्फत गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले बताउनुभयो । पालिकामा समाधान नहुने अवस्थामा हिमालयन आँखा अस्पताल पोखरामा निःशुल्क उपचार गरिने अर्यालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...