महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्ने बताउनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले गरिबी रहँदासम्म समानता नहुने बताउनुभयो । गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्नेमा जोड दिनुभयो । 

उहाँ भन्नुहुन्छ, “ ‘पहिले गरिबी हटाउनुपर्‍यो । रोजगारी सिर्जना गर्नुपर्‍यो। महिलाले पनि रोजगारी गर्न पाउनुपर्‍यो । त्यसपछि मात्र समानता आउँछ, हिंसाको अन्त्य हुन्छ ।” महिला हिंसा अन्त्यका लागि स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्ने बताउनुभयो । नेपालमा नै रोजगार सिर्जना गर्न सकेमात्र महिला हिंसा अन्त्य हुने बताउनुभएको छ ।  उहाँ भन्नुहुन्छ,“मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानुपरिरहेको छ। रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ ।”

प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्ति गर्दा महिलालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ त्यहाँ महिलालाई ल्याउने गरेको बताउनुभयो । उहाँले डिजिटल प्रविधिको कारणले पनि महिलाले बढी हिंसाको सिकार हुनुपरेको बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...