विकासमा सन्तुलन आवश्यक

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुभएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ मा बुधबार सिटी हल, सङ्ग्रहालयलगायतका संरचनाको शिलान्यास गर्दै उहाँले विकासको सन्तुलन कायम गर्न जरुरी रहेको बताउनुभएको हो । सन्तुलित बजेट निर्माणप्रति आफू चिन्तित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहाड र तराईको जिल्लाबिच विकासको सन्तुलन कायम गर्न आवश्यक छ ।”

पहाडी सातै जिल्लाको भ्रमण सकेर कैलाली फर्कनुभएका मुख्यमन्त्री शाहले बाजुरा र बझाङ जस्ता विकट पहाडी क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो । तराईमा विकासले फड्को मारेको भन्दै उहाँले थप्नुभयो, “अब विकास पहाड र दुर्गम बस्तीमा केन्द्रित हुनु पर्दछ ।” मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका ठुला परियोजना पनि चाँडै अगाडि बढाइने बताउनुभयो । प्रदेशको सर्वाङ्गीण विकासका लागि आफूले निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री शाहले जनप्रतिनिधिबिच समन्वय र साझा उद्देश्य आवश्यक रहेको औँल्याउँदै सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय तह र सरोकारवाला सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारको लगानीमा सिटी हल, सङ्ग्रहालयलगायतको संरचना निर्माण भइरहेको छ । निर्माणको ठेक्का गोरखनाथ–पूर्वपश्चिम–निधि जेभी, काठमाडौँले पाएको छ । सिटी हल, सङ्ग्रहालयको कुल लागत २२ करोड ८९ लाख रुपियाँ रहने जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...