उच्च जोखिममा नेपाल–चीन सीमास्तम्भ

Published on

काठमाडौं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–५, हिल्सा क्षेत्रको किटमा रहेको नेपाल र चीनको सीमास्तम्भ जोखिममा रहेको छ । पहिले दुई देशले तयार पारेको सो क्षेत्रको सीमास्तम्भ पहिरोले भत्काएपछि जोखिममा परेको हो । हिल्साको किट क्षेत्रमा नेपाल र चीनको सीमास्तम्भ नम्बर ७ (१) दुई देशको सहमतिमा चट्टानमा तयार पारिएको सशस्त्र प्रहरी बल ४४ नं. गुल्मका गुल्मपति कवीन्द्र महर्जनले बताउनुभयो । सीमास्तम्भ २०६३ सालमा चट्टानमा स्थापना गरिएको थियो । त्यसअघि भने सोही स्थानमा सीमास्तम्भ निर्माण गरिएको भए पनि पहिरोले भत्काएको थियो । हालको चट्टानमा तयार पारिएको सीमास्तम्भ पनि पहिरोको उच्च जोखिममा रहेकाले नयाँ निर्माण गर्ने अन्य विकल्प नभएको उहाँको भनाइ छ । भूबनोट भिरालो र पहिरो गइरहने भएका कारण सो सीमास्तम्भ जोगाउन कठिन छ । हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा चौकीले भने नियमित गस्तीसहित अनुगमन गरिरहेको छ ।  चट्टानमा रहेको सीमास्तम्भमाथि पनि बर्सेनि पहिरो जाने भएका कारण सो चट्टान पनि बिचमा चर्किएको हिल्साका स्थानीय लाक्पा लामाले बताउनुभयो । उक्त सीमास्तम्भलाई जोगाइराख्न दुवै देशले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । नदीपारि चीनतर्फ स्थापना गरिएको ७ (२) नम्बर सीमास्तम्भ पनि पहिरोले ढालेको अवस्थामा रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...