म्याद सकिनै लाग्दा तिस प्रतिशत काम

Published on

काठमाडौं । गोरखाको महत्वपूर्ण ग्रामीण पूर्वाधार मानिने अबुवाँ–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे कामको म्याद सकिनै लाग्दा जम्मा ३० प्रतिशत काम भएको छ । तीन वर्षअघि सम्झौता भए पनि ठेकेदारले निर्धारित समयमा काम अघि नबढाउँदा सडक कालोपत्रेको काम ३० प्रतिशत मात्र भएको हो । सडक कालोपत्रे गर्नुपर्ने भनिएको समयावधि २०८२ चैत १३ भित्र सम्पन्न गर्ने गरी ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालय एकाइ पोखरा र ठेकेदार  कम्पनी अमर भिबिइपिएल जेभी निर्माणसँग ३० करोड ६१ लाख रुपियाँमा २०७९ साल चैत १७ गते सम्झौता भएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माण कार्य अघि बढ्न नसकेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालय एकाइ पोखराले जनाएको छ ।  

सडकका केही भागमा ग्राभेल गरेको देखिए पनि सडकमा निर्माणअघि गर्नुपर्ने काम अझै हुन सकेको छैन भने नाली मर्मत, मोड सुधारलगायतका कुनै पनि काम अघि बढ्न नसकेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालय एकाइ पोखराका सूचना अधिकारी दीपक बरालले जानकारी दिनुभयो । ठेकेदारले सुरुदेखि नै काम ढिलो गरेको बताउँदै पालुङटार नगरपालिका–९ का वडाध्यक्ष भेषराज पाण्डेले भन्नुभयो, “धेरै पटक ठेकेदारलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिद्वारा काम अघि बढाउन अनुरोध गरियो, भनियो, बोलियो र ताकिता पनि गरियो तर हालसम्म कुनै प्रगति भएको छैन । यो तरिकाले कसरी मुलुकको विकास हुने होला ? कारबाही गर्नुपर्ने निकायले किन कारबाही गर्न नसकेको होला ?” कालोपत्रे सडकको प्रतीक्षामा बसिरहे पनि म्याद सकिन लाग्दासमेत काम अघि बढ्न नसकेको बिर्दीका दीपक अधिकारीले दुःखेसो पोख्नुभयो । 

सडक निर्माणको अवस्था कमजोर रहेकाले बर्खायाममा यात्रा अत्यन्त जोखिमपूर्ण हुने हुँदा बिरामी बोकेका सवारीसाधन, विद्यार्थी, कृषि उत्पादन ढुवानी गर्ने किसान सबै प्रभावित भएको गुनासो स्थानीयको छ । पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले सडक कालोपत्रे भइसक्ने समयसम्म निर्धारित मात्रामा प्रगति नहुनु ठेकेदार र सरकारी निकायको गम्भीर लापरबाही भएको बताउनुभयो । उहाँले आवश्यक नियम पूरा गरी ठेक्का रद्द गरी वैकल्पिक प्रक्रिया अघि बढाउनु सम्बन्धित कार्यालयलाई आग्रह गरेको जनाउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...