नेपालगन्जमा प्रहरीद्वारा पेस्तोल र गोली बरामद

Published on

काठमाडौं । केही दिनदेखि बाँकेका विभिन्न स्थानमा सुरक्षा चेकजाँच कडा पार्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट पेस्तोल र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्ज २ बसपार्क क्षेत्रबाट गस्तीमा रहेको प्रहरीले पेस्तोल बरामद गरेको बताउनुभयो । उहाँले पेस्तोलसँगै म्याग्जिन र दुई राउण्ड गोलीसमेत बरामद गरिएको जनाउनुभयो ।

सो पेस्तोल कसले ल्याएको वा कसले प्रयोग गरेको हो भन्ने कुरा यकिन हुन नसके पनि उक्त पेस्तोल प्रयोग गरेको आशङ्कामा प्रहरीले बसपार्क क्षेत्रबाटै एक जनालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । सो पेस्तोल र गोली बरामद भएको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले सो बारेमा सबै कुरा छानबिन भइरहेको बताएको छ ।

पछिल्लो समयमा प्रहरीले जिल्लाको नेपाल भारत नाकासहित अन्य विभिन्न शङ्कास्पद स्थानहरुमा समेत निगरानी कडा पार्दै लगेको छ । सोही कारणले भारतबाट अवैध आयात गर्नेहरु दैनिकजसो पक्राउ परिरहेका छन् भने अदालतबाट सजाय तोकिएका फरारहरु पनि दैनिकजसो पक्राउ परिरहेका छन् । बाँकेमा अवैध आयात, लागुऔषध  नियन्त्रण र अवैध हातहतियारको खोजीमा प्रहरीले बिशेष अभियान नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले बताउनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा व्यवस्था बलियो हुनु अपरिहार्य भएकोले हरीले जिल्लामा सुरक्षा कडा पार्दै गएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...