हेलम्बुमा ७६ जना मोतियाबिन्दुको शल्यक्रिया

Published on

काठमाडौं । हेलम्बु गाउँपालिकामा ७६ जना मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको छ । हेलम्बु गाउँपालिकाद्वारा आयोजित नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरमा उक्त सङ्ख्याका मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको उक्त गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

हेलम्बु गापा वडा नं.७ को पार्तिङमा मङ्सिर ५ गते, वडा नं. ५ को पिप्से, बोल्दे सचिबेमा मङ्सिर ६ गते, वडा नं. ६ को इचोक आधारभूत स्वास्थ्य केन्द्रमा मङ्सिर ७ गते, मङ्सिर ८ गते वडा नं. १ को खर्चुङ र हेलम्बु स्वास्थय केन्द्रमा, मङ्सिर ९ गते वडा नं. ३ को पाल्चोक स्वास्थ्य चौकी र चिलाउनेघारी आधारभूत स्वास्थ्य केन्द्र मङ्सिर १० गते हेलम्बु प्राथमिक अस्पताल किउलमा निःशुल्क आँखा स्वास्थ्य शिविर गरिएको हेलम्बु गापा स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले बताउनुभयो ।

उक्त स्थानहरुमा निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ५० जना मोतियाबिन्दु रोगी पहिचान भएको थियो । मोतियाबिन्दु स्क्रिनिङ गरिएको थियो । अप्ररेसन गरिएकाहरुको भिजन टेष्ट गरेर डिस्चार्ज गरिएको थियो । हेलम्बु गापाले पालिकावासीका लागि स्वास्थ्यमा बिशेष काम गर्दे आएको छ । कोरोना महामारीमा घरघरमै स्वास्थ्यकर्मी लगेर स्वास्थ्य सेवा प्रदान गरेको थियो । गाउँपालिकाबासीका लागि एम्बुलेन्स सेवा, ज्येष्ठ नागरिक, अपङ्गता, एकल, अशक्तहरुलाई उच्च प्राथमिकताका साथ सो पालिकाले स्वास्थ्य कार्यक्रमलाई जोड दिँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...