विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ

Published on

काठमाडौं । सुनसरीको इनरुवामा कोशी प्रदेशमा नै पहिलो दाबी गरिएको रामजानकी रथयात्रा तथा विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ गरिएको छ । प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा निकाल्दै आएको रामजानकी रथयात्रा नगर परिक्रमा गरेर सम्पन्न गरेको अवसरमा विवाहपञ्चमी महोत्वमा आएका साधुसन्तलाई बिदाइ गरेको हो । इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित रामजानकी गुठी संस्थाले भगवान राम र सीताको विवाहको अवसरमा १५१ साधुसन्तलाई विवाह समारोह सकिएकोपछि बिदाइ गरेको आयोजक गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभयो ।

दशकदेखि इनरुवामा कोशी प्रदेशमा नै ठुलो पहिलो रामजानकी रथ यात्रा निकाल्दै आएको र १० हजारभन्दा बढीको सहभागितामा नगर परिक्रमा गर्दै ऐतिहासिक रामजानकी रथ यात्रा सम्पन्न गरेको थियो । रथयात्रा इनरुवाको गौरव र सान भएको इनरुवा नगरपालिकानगर प्रमुख केदार भण्डारीले बताउनुभयो । विवाहपञ्चमी महोत्सको अवसरमा कुमरन (मटकोर) र बृहत् रथयात्रासहित साधुसन्तको बिदाइ कार्यक्रम गरेको गुठी संस्थाका अध्यक्ष मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम इनरुवा नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा उपप्रमुख विनीता मेहता, उद्याेग वाणिज्य सङ्घका वीरेन्द्र साह, समाजसेवी रामधिन यादव, पत्रकार जयकृष्ण यादव र सुरेन्द्र कुशुवाहसहित हजार बढीको सहभागिता रहेको संस्थाका सचिव डा.सूर्यनारायण मेहताले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...