मोरङमा सुन्तलाको व्यावसायिक खेती

Published on

काठमाडौं । उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यावसायिक सुन्तला खेती गर्ने योजना बनाउनुभयो । १२ वर्ष अघि गाउँमा कसै कसैले एक दुई बोट सुन्तला रोप्नुभएको थियो । तर व्यावसायिक खेती कसैले गरेको थिएनन् । उसबेला रमिते पुुग्ने सडक थिएन । मधुमल्ला र टाँडीबाट पैदल यात्रा गरेर रमिते पुुग्नुुपर्थ्यो । धनकुटाको पारिपात्लेबाट बढो दुुःखका साथ उहाँले दुई सय बिरुवा लगेर बारीमा रोप्नुुभयो । ११ वर्ष अघि रोपेका दुई सय बिरुवामध्ये डेढ सय बोटले सात वर्ष यता निरन्तर आम्दानी दिइरहेका छन् । विदेश नजाने सोच बनाएर सुन्तला खेती गर्न थाल्नुभएका राईले हाल दुई तले खेती गरिरहनु भएको छ । भुइँमा अलैँची र डिलमा सुन्तला ।

कृषिकर्म मिलाएर गर्न जाने पैसा कमाउन विदेश गइरहनु नपर्ने बुझाइ छ, उहाँको । उहाँले भन्नुभयो, ‘‘गत वर्ष चार लाख ५० हजार रुपियाँको सुन्तला बिक्री गरें । कागती, अलैंचीको आम्दानी अझ बढी हुन्छ । यो वर्ष उत्पादन अलि घटेको छ । गत वर्ष सय रुपियाँ किलोमा सुन्तला बिक्यो । यो वर्ष सुरुमै एक सय पच्चीससम्म हाल्ने व्यापारी गाउँमै पुगे ।’’ राईले गाउँमा जे उत्पादन गरे पनि बिक्री नहोला भन्ने चिन्ता नभएको जनाउनुभयो । सन्तोषले गत वर्ष सुन्तलाका चार सय बिरुवा थप्नुभयो । अहिले १० रोपनीमा सुन्तला र त्यहीँ अलैंची लगाउनुभएको छ । उहाँले सुन्तला खेतीमा हालसम्म तीन लाख मात्र लगानी गर्नुुभएको छ । बिरुवा किन्न बाहेक केहीमा खर्च छैन । गाईको गोबर र बाख्राको जुतो (बड्क्यौला) बाहेक रसायनिक मल प्रयोग गर्नुपरेको छैन । बेला बेला रोग देखिन्छ, त्यसबेला उपचार गर्नुपर्छ ।

सन्तोषको सुन्तला खेतीले पैसा साट्न थालेपछि अहिले गाउँमा नरबहादुर राई, जुद्धबहादुर राईले पनि सुन्तोला खेती सुरु गर्नुभएको छ । उहाँहरू मात्र होइन, क्यामुनेका खगेन्द्र राईले सय बोट, धुर्पाका तिलकसिंह राईले डेढ सय बोट, खोलेङ्खाका विजय राईले सय बोट सुन्तला खेती सुरु गर्नुभएको छ । वडा नंं १ का वडाध्यक्ष पर्वत राईले भन्नुभयो, ‘‘पूर्वपश्चिम राजमार्गको उर्लाबारी–३ किसान चौकबाट २२ किलोमिटर उत्तरमा पर्ने रमिते यतिबेला कृषि उत्पादनको हब बनेको छ । किसान चौकबाट रमिते पुग्ने सडक कालोपत्रे भएपछि कृषि उपज उत्पादन गर्न किसान हौसिएका छन् । हिजो काँधमा बोकेर बजार पुर्‍याउनुपर्थ्यो । अहिले गाउँ गाउँ गाडी पुगेका छन् ।’’ वडाले किसानलाई तरकारी र नगदे बालीमा सिँचाइका लागि सहयोग गरेको छ । उत्पादन वृद्धि हुँदा पनि बजारको अभाव नभएको वडाध्यक्ष राईले बताउनुभयो । गारखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...