बाजुराका एक किशोर धनगढीबाट बेपत्ता

Published on

काठमाडौं । बाजुराका एक किशोर धनगढीबाट वेपत्ता भएका छन् । जिल्लाको बुढीनन्दा–७ का १६ वर्षीय लोकराज जैशी कैलालीको धनगढीबाट बेपत्ता हुनुभएको हो । धनगढीको शिवनगरस्थित पञ्चोदय माद्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका जैशी मङ्सिर ९ गते कोठादेखि बेपत्ता रहेका छन् । लोकराज ९ गते दिउँसो १२ बजेतिर कोठाबाट साइकल लिएर गएको तर हालसम्म घर नफर्किएको बुढीनन्दा नगरपालिका वडा नं–७ का दाजु हेमराज जैशीले बताउनुभयो ।

उहाँले भननुभयो, “धनगढीको शिवनगरमा बहिनी र भाइसँग कोठामा बस्दै आएका थिए । बहिनी बिहान ट्युुसन पढ्न गएको बेला भाइ त्यसै कोठाबाट दिउँसो साइकल लिएर बेपत्ता भएका हो । अहिले धेरै ठाउँमा खोजी गर्यौै । तर कतै पनि फेला परेको छैन ।’’ अहिले जोकराजको खोजिकार्यका लागि प्रहरीलाई समेत खबर गरिसकेको र कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८६८१४३५९२ र ९७४९७२३९२५ मा खबर खरिदिन हुन आग्रह गरेको दाइ हेमराज जोशीले बताउनुभयो ।

जोशीको जेठा दाइ हेमराज र एक दिदस् र आमा बुवा हुनुहुन्छ । आमा र दाइ घरमा खेतीपाती किसान गर्नु हुन्छ भने दिदी र लोकराज धनगढीमा अध्ययन गर्दै आउनु भएको थियो । बुवा उनीहरुको पढाइ खर्चका लागि लामो समयदेखि भारतमा नौकरी गरिरहनु भएको छ ।  गारखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...