गुफापोखरीमा तीन जिल्लाका सुरक्षा अधिकारीको संयुक्त छलफल

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको हो । फागुन २१ को निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले अपनाउनुपर्ने रणनीतिका विषयमा तीनै जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताउनुभयो ।  

छलफलमा ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारीसहित सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, प्रहरी निरीक्षक जटाशङ्कर यादव र सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काको सहभागिता रहेको थियो ।  यस्तै तेह्रथुमबाट प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सेनानी कृष्ण तिवारी, प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने, सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्ट, प्रमुख अनुसन्धान अधिकृत डिल्लीराम भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बू सहभागी हुनुभएको थियो । 

सङ्खुवासभाबाट प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सेनानी नवराज बस्नेत, प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, प्रमुख अनुसन्धान अधिकृत रामअचल शाह र सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको सहभागिता रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताउनुभयो ।  गुफापोखरी चीनसँग सिमाना जोडिएका ताप्लेजुङ र सङ्खुवासभा र तेह्रथुमको सङ्गम स्थल हो । गारखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...