खडक नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Published on

काठमाडौं । सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय दिपेन्द्र पासवानको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार पासवान सडकको छेउमा उभिएर नम्बर नखुलेको ट्रयाक्टरमा पछाडिबाट थ्रेसर जोडेर धान दाइँका काम गरिरहेका थिए। सोही बेला बोदेबर्साइनतर्फबाट राजविराजतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको थियो। तर स्वास्थ्यकर्मीहरूले उनलाई अस्पताल पुर्‍याए लगत्तै मृत घोषणा गरेका थिए, प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चौकका २८ वर्षीय रामचन्द्र चौधरी घाइते भएका छन्। उनी उपचाररत रहेको प्रहरी कार्यालयले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...