चासोक तङ्नाम १८ गतेबाट

Published on

काठमाडौं ।  किरात लिम्बू समुदायको मुख्य चाड चासोक तङ्नामको अवसरमा मङ्सिर १८ गतेदेखि लिम्बू समुदायका विभिन्न सांस्कृतिक उत्सव सुरु हुने भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गर्दै मङ्सिर १८ गतेदेखि २२ गतेसम्म चुम्लुङ हिम परिसरमा नै विविध कार्यक्रम आयोजना गरी चासोक तङ्नाम मनाइने किरात याक्थुङ चुम्लुङ धरान कार्यसमितिको अध्यक्ष तीर्थ मादेम्बाले जानकारी दिनुभयो । यस अवधिभर हाङ्युक्ना सरसफाइ, शिरिजङ्गा चोक सरसफाइ, र्‍याली, चासोक पूजा, हाङ्युक्ना सरसफाइ तथा शिरिजंगा सालिकमा माल्यार्पण, केलाङ (च्याब्रुङ) नाच प्रदर्शनी तथा यलाङ, पालाम सांस्कृतिक कार्यक्रम, याक्थुङजन्य खेलहरु हुने र संस्थाहरुको सांस्कृतिक प्रदर्शनी हुने उहाँले बताउनुभयो । 

पाकेको अन्नबाली प्रकृतिलाई चढाएर उपभोग गर्ने उँधौली अनुष्ठान चासोक परम्परागत रूपमा घर घरमा गरिन्थ्यो यसैलाई किरात याकथुङ चुम्लुङले संस्थागत रूपमा सामूहिक मनाउँदै आएको चासोक पर्व अहिले मुख्य पर्वको रूपमा स्थापित भएको अध्यक्ष मादेम्बाले जानकारी दिनुभयो । धरानमा २०५० सालमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले चासोक तङ्नामलाई लिम्बू समुदायको मुख्य पर्वको रूपमा विकास गर्ने निर्णय गरी सोही वर्षदेखि धरान–१९ किरातेश्वर माविको प्राङ्गणमा ३ दिने चासोक उत्सव आयोजना गरी शुरु गरिएको वरिष्ठ पत्रकार तथा चुम्लुङ केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले जानकारी दिनुभयो । 

चासोक तङ्नाम धार्मिक चाड मात्र नभएर लिम्बू समाजको पहिचान, एकता र सांस्कृतिक गौरवको चाड बनेको छ । चासोक तङ्नाम किरात लिम्बू समुदायको प्रकृति, परिश्रम, कृतज्ञता र सांस्कृतिक गौरव झल्काउने चाड भएकोले यस पर्वलाई हर्षाेल्लासका साथ मनाइँदै आएको उहाँले बताउनुभयो । चासोक उत्सवका लागि जाति खानपानका परिकारसहित प्रदर्शनीका २५ वटा स्टलहरू र उत्सवकै अवसरमा २१ गते चुम्लुङ हिममा निःशुल्क आँखा उपचार शिविर पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...