चीनद्वारा जापानी जहाजलाई निष्कासन

Published on

काठमाडौं । चिनियाँ जल क्षेत्रमा अवैधरूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मङ्गलबार घोषणा गरेको छ । चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई उद्धृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैधरूपमा प्रवेश गरेपछि जापानी माछा मार्ने जहाजलाई चेतावनीसहित निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

उहाँले सिसिजीले कानुनअनुसार आवश्यक नियन्त्रण उपाय अपनाउनुका साथै चेतावनी जारी गरी जहाजलाई फर्काएको उल्लेख गर्दै दियाओउ दाओ र यसका टापु अभिन्न चिनियाँ क्षेत्र हुन् भन्ने कुरामा जोड दिएको बताउनुभएको छ । “सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार-संरक्षण कानुन प्रवर्तन अपरेसन जारी राख्नेसमेत उहाँले प्रष्ट पार्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...