होटेलमा प्लास्टिक प्रयोगमा बन्देज

Published on

काठमाडौं । नवलपुरका होटेल प्लास्टिकको प्रयोग निरुत्साहित गर्ने काममा जुटेका छन् । कावासोती नगरपालिकामा रहेका केही होटेल तथा लज र होमस्टेले प्लास्टिकको प्रयोग गर्दैनन् । प्लास्टिकको विकल्पमा सिसा, फाइबर अनि परम्परागत रूपमा बाँस तथा खरबाट बनेका सामग्रीको प्रयोग गर्ने गरेका छन् ।  पर्यटन समिति नवलपुरका अध्यक्ष फंसराम महतोका अनुसार कावासोतीको मध्यवर्ती आसपासमा रहेका केही होटेल तथा होमस्टेले प्लास्टिक प्रयोग गर्दैनन् । महतो स्वयंले सञ्चालन गरेको थारू गाउँ रिसोर्टसहित कावासोतीभित्र सञ्चालनमा रहेका टाइगर टप्स थारू लज, टेम्पल टाइगर, नाना होटेल, थारू कम्युनिटी लज रिसोर्ट, हिमालय सेन्चुरी, होटेल नेचर एज, बरौली सामुदायिक होम स्टेलगायतले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्दै आएका छन् । 

पर्यटन समितिका अध्यक्ष महतोका अनुसार पाहुनाले प्रयोग गर्ने पानीलाई फाइबर वा सिसाको बोतलमा भरेर सिसाको गिलास राखिदिने गरिएको छ । खानका लागि प्रयोग हुने भाँडाकुँडा मात्रै होइन, होटेल सञ्चालनका लागि आवश्यक अन्य सामग्रीमा पनि प्लास्टिकको सट्टा परम्परागत सामग्री प्रयोग गर्ने गरिएको महतोले बताउनुभयो । प्लास्टिक प्रयोग नगर्ने टाइगर टप्स थारू लजका म्यानेजर आसिक गुरुङले भन्नुभयो, “अत्यधिक प्रयोग हुने प्लास्टिकलाई बाध्यात्मक अवस्थामा मात्रै प्रयोग गर्ने गरिएको छ ।  हामीले प्लास्टिकका भाँडाकुँडालाई पूर्ण रूपमै प्रयोगविहीन बनाएका छौँ तर बजारबाट आउने सामग्रीका झोला भने निषेध गर्न सकेका छैनौँ, हामीले एकदमै बाध्यात्मक अवस्थामा मात्रै प्लास्टिकका झोला प्रयोग गर्छौं” ।

मानव जीवन र वातावरण स्वच्छ राख्न प्लास्टिक प्रयोग नगर्नु नै राम्रो मानिन्छ । प्लास्टिक प्रयोग नहुँदा वातावरण राम्रो हुने र आफूसँगै होटेलमा आएका पाहुनाको स्वास्थ्यका लागि पनि राम्रो हुने भएपछि आफूहरूले प्लास्टिक प्रयोग गर्न छाडेको गुरुङले बताउनुभयो । त्यसमाथि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्लास्टिक प्रयोग गर्न पनि पाइँदैन । नीति कानुनको पनि पालना हुने उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...