करबाकेली इको ट्रेकको आकर्षण बन्दै आलडाँडा

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने आलडाँडा पदयात्राका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । करबाकेली इको ट्रेकमा पर्ने आलडाँडा हुँदै घोडेपानी र पुनहिल पुग्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि हुन थालेको छ । सुन्दर प्राकृतिक दृश्य र नजिकबाट हिमालको दृश्यवलोकन गर्न सकिने आलडाँडा विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । वरिपरी गुराँसे जङ्गलबिचमा रहेको आलडाँडाबाट गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको मनोरम दृश्यवलोकन गर्न सकिन्छ । आलडाँडा समुन्द्री सतहदेखि दुई हजार छ सय २० मिटर उचाइमा पर्दछ ।

आलडाँडाबाट प्रशिद्ध पर्यटकीय स्थलहरू पुनहिल, घोडेपानी, मोहरेडाँडा र खोप्रा खयरलेक नजिक पर्ने भएकाले पदयात्राका लागि उत्कृष्ट गन्तव्य भएको पर्यटनकर्मी चित्र तिलिजाले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार कोरियन पर्यटकसहित ३७ जनाको समुह नागीदेखि पदयात्रा गर्दै आलडाँडा हुँदै फुलबारी–घोडेपानी पुगेको छ । करबाकेली इको ट्रेक र यसअन्तर्गत पर्ने पर्यटकीय गन्तव्यहरूको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्न पदयात्रामा निस्केको उहाँले बताउनुभयो ।  करबाकेली इको ट्रेक हुँदै आलडाँडा पुगेका पर्यटकहरू एक रात यहाँ बास बसेपछि चाहना अनुसार पुनहिल, घोडेपानी, मोहरेडाँडा र खोप्रा खयरलेक जाने गर्दछन् । पछिल्लो केही वर्ष यता करबाकेली इको ट्रेकको प्रचारप्रसार भएकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको आलडाँडास्थित होटलका सञ्चालक स्थानीय पर्यटन व्यवसायी भक्तबहादुर पुनले बताउनुभयो ।

पर्यटकको सुविधाका लागि पुनले तीन वर्ष अघि करिब ४५ लाख रुपियाँ लगानी गरेर २० जना बास बस्न सक्ने क्षमता भएको हिमालयन भ्यू एन्ड गेस्टहाउस समेत सञ्चालनमा ल्याउनुभएको छ । उहाँका अनुसार आलडाँडामा गुराँसको जङ्गलका साथै विभिन्न प्रजातिका वनस्पति, जडिबुटी, वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न पाइन्छ । करबाकेली इको ट्रेक र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा, करबाकेली, राम्चे, नागी, मोहरेडाँडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्ने आकर्षण पर्यटकीय स्थल हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...