ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा

Published on

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्गका नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । बाँसगढी नगरपालिका र क्लोथ एण्ड फुड बैकको सहकार्यमा करिब एक हजार जनालाई न्यानो कपडा वितरण गरिएको हो । जाडोको समयमा कपडा किन्न नसक्ने र अरुको भर पर्नुपर्ने व्यक्तिलाई कपडा वितरण गरिएको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्काले बताउनुभयो । नगरपालिकाले समन्वय गरेर क्लोथ एण्ड फुड बैंकले बर्दियामै पहिलो पटक ठुलो सङ्ख्यामा न्यानो कपडा वितरण गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाका सम्पूर्ण वडामा गएर छनाेट गरिएका विपन्न ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई कपडा वितरण गरिनेछ । 

मङ्गलबार बाँसगढी नगरपालिकाको वडा नं ४, ५  र ६ मा न्यानो कपडा वितरण गरिएको छ । बुधबार २, ३, ७, ८ र ९ वडामा वडा कार्यालयमार्फत कपडा वितरण गरिएको छ । बिहीबार वडा १ मा कपडा वितरण गर्ने योजना रहेको नगरप्रमुख खड्काले बताउनुभयो । जाडो याममा न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिक विपन्न वर्ग र अपाङ्गता भएका व्यक्तिहरू हर्षित भएका छन् । बाँसगढी नगरपालिका वडा ५ कर्णाली टोलका उदयचन्द्र अधिकारीले नगरपालिका र क्लोथ एण्ड फुड बैंकले सञ्चालन गरेको कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभयो । उहाँले अहिलेसम्म यति ठुलो संख्यामा विपन्न नागरिकलाई कपडा वितरण नभएको बताउँदै जाडोमा कपडा किन्न नसक्नेका लागि ठुलो राहत भएकोे बताउनुभयो । न्यानो कपडा वितरणसँगै बर्दियामा पहिलो पटक कपडा बैंकको दानपेटिका स्थापना गरिएको छ । घरमा काम नलाग्ने पुराना कपडा बैंकमा लगेर दान गर्ने र पछि बुटवलमा लगेर सफा गरी पुनः प्रयोग गर्न योग्य बनाई गरिब तथा विपन्न परिवारलाई वितरण गरिन्छ । हालसम्म ९८ वटा स्थानीय तहसँग सहकार्य गरेर दुईसय सात स्थानमा कपडा दानपेटिका स्थापना गरिएको क्लोथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसीले बताउनुभयो । 

शहरी र गाउँ क्षेत्रबाट निस्कने फोहोरको ठुलो हिस्सा पुराना कपडा भएको हुनाले त्यसलाई पुनः प्रयोगमा ल्याई देशबाट कपडामा बाहिरिने रकमलाई रोक्ने र विपन्न नागरिकलाई कपडा दिने योजनासाथ बैंक सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । बर्दियामा पहिलो पटक बाँसगढीमा धेरै सङ्ख्यामा न्यानो कपडा वितरण गरिएको छ । सँगसँगै बाँसगढी बजारमा पुराना कपडा दानपेटिका राखिएको छ । दानपेटिकामा सङ्कलन भएका पुराना कपडा सफा गरेर पुनः प्रयोग गर्न योग्य बनाइने हुनाले नगरप्रमुख खड्काले सबैलाई पुराना कपडा ल्याएर कपडा बैँकमा दान गर्न आग्रह गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...