भासिएको मुग्लिन–पोखरा सडक मर्मत सुरु, मादी पुलको काम पनि तीव्र

Published on

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुनः मर्मत सुरु गरिएको छ । व्यास नगरपालिका–३ दुर्गामन्दिरदेखि मादीपुलसम्म करिब एक सय मिटर सडक साउन अन्त्यमा अत्यधिक सवारी चापले गर्दा भासिएपछि एकतर्फी आवागमनमा सीमित गरिएको थियो । अब भासिएको स्थानमा संरचनात्मक बलियो बनाउने काम हाल धमाधम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार नयाँ संरचनामा बनेका दुई लेनले अत्यधिक ट्राफिकको भार थेग्न नसक्दा भासिएको हो । “स्थायी उपचारका साथ सडक पुनः सुरक्षित बनाइँदै छ,” पाण्डेले भन्नुभयो । मर्मत सम्पन्न भएपछि सवारी सञ्चालन थप सहज र सुरक्षित हुने दाबी उहाँले गर्नुभयो ।

जामुने–आँबुखैरेनी ४१.५ किलोमिटरको पूर्वी खण्ड चार लेनमा विस्तार भइरहेको छ । विसं २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि सुरु गरिएको काम चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्कामा लिएको हो । हालसम्म पूर्वी खण्डको ८६ प्रतिशत काम सम्पन्न भइसकेको पाण्डेले बताउनुभयो  पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपियाँ रहेको छ । परियोजना एशियाली विकास बैंकको ऋण सहयोगमा अघि बढिरहेको छ ।

मादी नदीमाथि चारलेन पुलको काम ७२ प्रतिशतमा
यससँगै, तनहुँस्थित मादी नदीमाथि निर्माणाधीन करिब ३१५ मिटर लम्बाइको नेपालकै पहिलो चारलेन क्षमताको आर्क डिजाइन पुलको काम तीव्र गतिमा अघि बढेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने यो संरचनालाई मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण भागका रूपमा लिइएको छ । सूचना अधिकारी पाण्डेका अनुसार पुलको संरचनागत काम लगभग सकिएको र डेक स्ल्याब, रेलिङ तथा फिनिसिङ कार्य तीव्र गतिमा भइरहेको छ । सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको यो पुल देशकै सबभन्दा लामो आर्क डिजाइन पुल हो ।

निर्माण कम्पनी जेड–आइष्ट–अन्नक जेभीका साइड इन्चार्ज इञ्जिनियर धर्मप्रताप लामगादेले दैनिक करिब १०० जना मजदूर परिचालन गरिएको बताउँदै काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । पुलको आकर्षक बनावटले पर्यटक आकर्षण बढाउने र व्यास नगरसहित पृथ्वीराजमार्ग प्रयोगकर्ताका लागि सुरक्षित, वैकल्पिक र सुविधायुक्त आवागमन सुनिश्चित गर्ने लक्ष्य परियोजनाले लिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...