काम गर्न छोड्यो सोलार फेन्सिङले

Published on

काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा निस्कने जङ्गली जनावरलाई रोक्ने उद्देश्यले लगाइएको सोलार फेन्सिङले काम गर्न छोडेको छ । आरक्ष क्षेत्रबाट बस्तीमा निस्कने जङ्गली जनावरलाई रोक्न लगाइएको घेराबार (सोलार फेन्सिङ) तार चुडिएर र पोल लडेर काम गर्न छोडेको हो । आरक्षको दक्षिणी क्षेत्र भान्टाबारी, हरिपुरीदेखि उत्तरी सीमा प्रकाशपुर धरहरा टपनसम्म लगाइएको पोल ढलेर र तार चुडिएर सोलार फिनिसिङले काम गर्न छाडेको आरक्ष कार्यालयले जनाएको छ । आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार आरक्षका जनावरबाट मानव बस्तीमा भौतिक र मानवीय क्षति रोक्न लगाइएका विद्युतीय बार चट्याङ, वन्यजन्तु र मानवीय कारण धेरै ठाउँमा बिग्रिएको छ । मर्मत गर्ने बजेट नहँुदा काम अगाडि बढाउन नसकिएको उहाँले बताउनुभयो । आरक्षबाट बाहिर निस्कने जनावरलाई विद्युतीय झड्का दिएर रोक्ने सोलार फेन्सिङले काम नगर्दा जनावर आरक्षबाहिर निस्कने गरेका छन् । 

एक दशकअगाडि लगाइएको सोलार फेन्सिङले आरक्षका जनावरलाई मध्यवर्ती क्षेत्रका बस्तीमा पस्नबाट रोक लगाउँदै आएको थियो । आरक्षको पूर्वपट्टि उत्तरी सीमा धराहरा टपनदेखि भान्टाबारीसम्म पटक पटक बिग्रदै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँले  भन्नुभयो, “यो तारबार जनावरका लागि प्रभावकारी मानिँदै आएको थियो । एक किलोमिटर सोलार फेन्सिङ लगाउन करिब  १० लाख रुपियाँभन्दा बढी पर्छ ।” 

उहाँका अनुसार सोलार फेन्सिङले हात्तीलगायतका जनावरलाई झड्का दिने हुँदा घेरा तोडेर बाहिर जान पाउँदैन थिए । आरक्षमा लगाइएको सोलार फेन्सिङको संरक्षण नहँुदा जनावर गाउँ पस्ने गरेका छन् । घरपालुवा जनावर पनि चरिचरणका लागि आरक्ष जङ्गलमा पस्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयवासीमा चेतनाको अभावले सोलार फेन्सिङको दीर्घकालीन संरक्षण हुन नसकेको बताइन्छ । विद्युतीय तारबारलाई संरक्षण गर्न समुदायमा समिति गठन गराएर संरक्षणको काम गर्नुपर्ने स्थानीय चराविद् अनिस तिम्सिना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आरक्ष क्षेत्रमा सोलार फेन्सिङ चौबिसै घण्टा चालु हँुदा जङ्गली जनावर नियन्त्रण हुने थिए ।” गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...