“बागमती प्रदेशमा सबै संस्कृतिको संरक्षण–प्रवर्द्धनमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ”

Published on

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा बसोबास गर्ने सबै जातजातिको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको बताएका छन्। किराँत समुदायको महान् पर्व उँधौली, नेवार समुदायले मनाउने ज्यापु दिवस तथा यः मरि पुन्हिको अवसरमा बिहीवार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री बानियाँका अनुसार यस्ता पर्वहरूले सामाजिक सद्भाव, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई अझ बलियो बनाउँदै समाजवाद अभिमुख राष्ट्र निर्माणमा सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिनेछन्। शुभकामना सन्देशमा उनले, “पर्वहरूले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्ने यात्रामा हामी सबैलाई प्रेरित गर्छन्,” भन्ने उल्लेख गरेका छन्।

उँधौली पर्वले किराँत समुदायको विशिष्ट सांस्कृतिक पहिचानलाई बलियो बनाएको बताउँदै मुख्यमन्त्री बानियाँले यसले परम्परागत मूल्य–मान्यतालाई संरक्षण गर्दै आएको पनि उल्लेख गरे। त्यस्तै, ज्यापु दिवस र यः मरि पुन्हिजस्ता पर्वहरू प्रदेशका समुदायहरूको संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पु¥याइरहेको उनको भनाइ छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको देश भएकाले अनेकतामा एकता नै हाम्रो साझा पहिचान भएको उनले बताए। उनका अनुसार विविध समुदायका मौलिक परम्पराहरू नै नेपालको वास्तविक सांस्कृतिक धरोहर हुन्।

किराँत संस्कृति नेपालको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उनले उँधौली पर्वको सांस्कृतिक परम्पराबारे विस्तृत रूपमा प्रकाश पारे। राई, लिम्बू, सुनुवार र याक्खा समुदायले नयाँ अन्न पितृलाई चढाउने, भूमिको पूजा गर्ने, राम्रो फसलको कामना गर्ने र मानिस–जनावर बेँसी झर्ने समयसँग सम्बन्धित आस्थाका कारण यो पर्व मनाइने बताइएको छ। यस अवसरमा खुला आकाशमुनि ढोल–झ्याम्टा बजाउँदै चराचुरुङ्गी र जीवजन्तुका गतिविधिको अनुकरणसहित सामूहिक ‘साकेला’ नृत्य गर्ने प्रचलन रहिआएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...