समानुपातिक प्रणालीका लागि दलहरूलाई निर्वाचन आयोगको आह्वान, विभिन्न चरणका मिति सार्वजनिक

Published on

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा सहभागिता जनाउन इच्छुक राजनीतिक दलहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै यही मङ्सिर २१ गतेदेखि २३ गते अपराह्न ४ बजेसम्म दलहरूले आवेदन दिन सक्ने जनाएको छ।

आयोगले समानुपातिक प्रणालीका लागि कान्तिपथस्थित आफ्नो केन्द्रीय कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। यस प्रक्रिया सञ्चालनका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको हो। मङ्सिर २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ। समानुपातिक उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते पेस गर्नुपर्नेछ। फागुन २१ गते हुने निर्वाचनको मिति आउन अब ९० दिन मात्र बाँकी रहेको आयोगले जनाएको छ।

प्रत्यक्ष प्रणालीका लागि आयोगले छुट्टै समयसारिणी तय गरेको छ। माघ ६ गते उम्मेदवार मनोनयन दर्ता तथा प्रारम्भिक सूची प्रकाशन हुने छ भने माघ ७ गते उजुरी दर्ता गर्ने समय रहनेछ। माघ ८ गते उम्मेदवारको नामावली प्रकाशित हुनेछ। माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली प्रकाशनसहित चुनाव चिन्ह वितरण गरिनेछ। यससँगै आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको तयारी पनि अघि बढाइरहेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...