बागमती नदी सुधारका तिस वर्ष, २४ अर्ब खर्च

Published on

काठमाडौं । ऐतिहासिक एवम् प्राचीन सभ्यता, मानव विकास र धार्मिक संस्कार र संस्कृतिसँग जोडिएको बागमती नदी सरसफाइ अभियान आरम्भ भएको ६५५ औँ साता पूरा भएको छ । अव्यवस्थित सहरीकरण हुँदा ढल सिधै नदीमा मिसाएर विरूप बनाइएपछि बागमती नदी सफाइ अभियान प्रारम्भ गर्नु परेको हो । बागमती नदीलाई व्यवस्थित गर्ने, सभ्यतासँग जोडिएको संस्कृति जगेर्ना गर्ने र सौन्दर्यीकरण गर्ने काम पनि प्राथमिकताका साथ अघि बढिरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी व्यवस्थापन कार्य अघि बढाइरहेको छ । 

आर्थिक वर्ष २०५२/५३ मा स्थापना भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आर्थिक वर्ष २०८१/८२ सम्ममा २३ अर्ब ८६ करोड ४९ लाख ५४ हजार १३० रुपियाँ बजेट खर्च गरिसकेको छ । ३० वर्षमा विनियोजित ३४ अर्ब ७९ करोड ६६ लाख ६८ हजार ४१ रुपियाँमध्ये उक्त बजेट खर्च भएको हो । बागमती नदीको सरसफाइ हरेक साता हुन्छ । बजेट खर्च पनि भइरहेकै छ । स्वयंसेवी पनि खटिने गरेका छन् तर ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भन्ने उखानलाई चरितार्थ गर्दै बागमती नदीलाई समग्र सुधार गर्न चाहिँ सकिएको छैन अर्थात् काम सुस्त छ । बागमती सफाइको ६५५ औँ सातासम्ममै यो बजेट खर्च भएको होइन । ३० वर्षमा सांस्कृतिक विकासका काम पनि भएका छन् । समितिका सूचना अधिकारी उद्धव नेपालले बहुआयामिक परियोजना र कार्यव्रmम गर्दा नै उक्त बजेट रकम खर्च भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “काम अपेक्षाकृत रूपमा अघि बढ्नु पर्छ, हामी त्यसमा प्रस्ट छौँ तर बागमती नदीको सरसफाइमा मात्रै २३ अर्ब ८६ करोड रुपियाँ खर्च भएको होइन । बहुपरियोजनामा काम अघि बढाइएको छ ।”

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनार क्षेत्रलाई व्यवस्थित गरिरहेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ११ र १२ मा पर्ने सत्तल तथा मठमन्दिरसहित २८ वटा ऐतिहासिक सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गरेको छ । सूचना अधिकारी नेपालका अनुसार नेपाल प्रहरीले उपयोग गरिरहेको धर्मशाला तथा जीर्णोद्धार, पुनर्निर्माण भएका निजी गुठी अन्तर्गतका स्मारकमा कार्की सत्तल, मुन्सीघाट सत्तल, पञ्चनारीघाट सत्तल, मानन्धर सत्तल, माथेमा सत्तल पुनर्निर्माण गरिएको छ । 

सौन्दर्यीकरणसँगै सडक 

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धाप ड्याम निर्माण गरेको छ । आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार बागमती ड्याम निर्माणका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिको प्रव्रिmयामा रहेको छ । समितिले गुह्येश्वरीमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । बागमती नदीमा ७३ दशमलव २८ किलोमिटर तटबन्ध गरिएको छ । सूचना अधिकारी नेपालले ३२ दशमलव ५६ किलोमिटर सडक कालोपत्रे र ८८ दशमलव ६३ किलोमिटर मुख्य ढल निर्माण भएको जानकारी दिनुभयो । बागमती सौन्दर्यीकरण कार्य अन्तर्गतका पूर्वाधारमध्ये केही पालिकालाई हस्तान्तरण गरिएको छ, जस अनुसार बागमती नदीमा बल्खुसम्म मुख्य ढल निर्माण गरिएको छ । उहाँका अनुसार टुकुचामा फोहोर पानी प्रशोधन केन्द्र निर्माण आरम्भ भएको छ । 

चुनौतीका चाङ 

समितिका सूचना अधिकारी नेपालले काम गर्ने व्रmममा चुनौती आउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँका अनुसार सरकारले २०६५ मङ्सिर १ गतेको निर्णय अनुसार नदीको  किनाराबाट दायाँबायाँ निश्चित दुरीमा स्थायी संरचना निर्माण कार्य गर्न नपाउने गरी मापदण्ड कायम भएको छ । उहाँले भन्नुभयो, “व्यक्तिगत जग्गाको मुआब्जा दिएर किनारा निर्माण काम गर्नुपर्ने हुन्छ । रकम अभावका कारण मुआब्जा दिन नसकिएकाले निर्माण कार्यमा अवरोध भइरहेको छ ।”

उहाँले २०२१ सालको नापी आधारमा नदीको बहाव क्षेत्र कायम गरी पूर्वाधार निर्माण हुनुपर्ने भए पनि नदीको बहाव क्षेत्रमा व्यक्तिगत भोग तथा व्यक्तिको जग्गाबाट नदी बगेको र नदीले धार परिवर्तन गर्दा समस्या उत्पन्न भएको बताउनुभयो । नदीकिनार अतिव्रmमण, ढलको मुख्य लाइन निर्माण भए पनि त्यसभन्दा तल पुराना ढल रहनु, विष्णुमती र धोबीखोला किनारको जग्गा प्राप्तको विषय आदि चुनौती छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...