ट्राफिक र चालक दुवैको सकारात्मक व्यवहार आवश्यक : मन्त्री गुप्ता

Published on

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरी र सवारी चालकबीचको व्यवहार आपसी सम्मान र सकारात्मक सोचमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–२०१५ का अवसरमा आयोजित ‘सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री गुप्ताले सडक सुरक्षित बनाउन ट्राफिक प्रहरी र चालक दुवै पक्षको भूमिकालाई महत्त्वपूर्ण बताउँदै, “एकअर्काप्रति सकारात्मक हुन सके मात्र सवारी सञ्चालन सहज र सुरक्षित बन्छ,” भने।

दुईपाङ्ग्रे सवारी साधनसँग सम्बन्धित दुर्घटना बढी हुने तथ्याङ्क रहेको उल्लेख गर्दै उनले मोटरसाइकल तथा स्कुटर चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरे। नेपाल आर्थिक रूपमा सबल नहुँदा ट्राफिक लाइट जडान, सडक सुरक्षाका संरचना विस्तार तथा प्रहरीका भौतिक पूर्वाधार निर्माणमा ढिलाइ हुन गएको भन्दै उपलब्ध स्रोतको अधिकतम उपयोग गरेर सुधारका काम अघि बढाइरहेको मन्त्री गुप्ताले स्पष्ट पारे। कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले समुदायको साथ र विश्वासका आधारमा नेपाल प्रहरीले नागरिकका समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी नागरिकको ज्यान–धन सुरक्षाका लागि निरन्तर खटिन प्रतिबद्ध रहेको बताए। यस्तै, कार्यक्रमका दौरान प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी दुर्घटना नियन्त्रण तथा ट्राफिक व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...