सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

Published on

काठमाडौं । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरिमा चार सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरमा नयाँ श्रीनाथ गणले शनिबार एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पुर्याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु  शिविरको मुख्य लक्ष्य रहेको नयाँ श्रीनाथ गणका प्रमुख पर्शुराम थापाले जानकारी दिनुभयो । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, टेम्केमैयुङ गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाको समन्वय र सहकार्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कान, नाक, घाँटी, आँखासमेतका विभिन्न रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका छन् ।  त्यस्तै बालरोग, दन्तरोग, स्त्रीरोग, सामान्य रोगको जाँच तथा आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ । स्थानीय बासिन्दाको दैनिक व्यस्तता र आर्थिक कारणले सदरमुकाम पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै सेनाले गाउँमै सेवा पुर्याउनु प्रशंसनीय रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । शिविर टेम्केमैयुङ–६ कोटस्थित जनोदय माध्यमिक विद्यालयको सञ्चालन गरिएको हो । नेपाली सेनाले ग्रामीण क्षेत्रमा नियमित रूपमा यस्ता सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर नेपाली सेनाले सञ्चालन गरेको शिविरले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...