रिभल्भरसहित भारतीय नागरिक पक्राउ

Published on

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बरामद रिभल्भर  ‘होम मेड’ रहेको सशसत्रले जनाएको छ । बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनीका सशस्त्र नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालका अनुसार नियमित चेकजाँचका क्रममा भारतको बिहार, सीतामढी–पटदौरा ग्राम पञ्चायत सिराहीपट्टीका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरिएको हो ।

हलखोरीस्थित सशस्त्रको बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक सुनिलकुमार दासको कमान्डमा रहेको गस्तीले नेपाल(भारत सीमाक्षेत्रस्थित मरुवाहीबाट हलखोरीतर्फ आउँदै गरेका दासलाई अवैध हतियारसहित शनिवार  साँझ नियन्त्रणमा लिइएको थियो । कुर्मी सवार रहेको बीआर ०६ एवाई ६१७२ नंको मोटरसाइकल रोकेर तलासी गर्दा मोटरसाइकलको सिटमुनि लुकाइराखिएको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद भएको ढकालले जानकारी दिनुभयो ।  पक्राउ परेका भारतीय नागरिक कुर्मीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...