मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

Published on

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री यादवको शपथ ग्रहण समारोह मधेश भवन जनकपुरमा आज १०ः३० बजेबाट सुरु हुने नेपाली काँग्रेस मधेश प्रदेश सूचना सञ्चार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिनुभयो । नेपाली काँग्रेस संसदीय दलका नेता यादवलाई मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले  नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रवार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जसपा नेपाल , जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा (एकीकृत समाजवादी) गरी छ वटा राजनीतिक दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादव मुख्यमन्त्री नियुक्त हुनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...