निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिरमा आजदेखि सुरु भएको ‘श्रीमत्तारतम’ सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को सुभारम्भका अवसरमा  उहाँले  निर्वाचनमा आफ्नो मत मार्फत् सही प्रतिनिधि छनाेट गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो “वर्तमान सरकार जेनजेड आन्दोलनको जगमा गठन भएको हो । सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु नै हो । यसमा सहयोग गर्न म सबैमा आग्रह गर्दछु । ” मन्त्री खरेलले धर्मको महत्त्व र महिना उच्चकोटीको रहेको चर्चा गर्नुभयो । महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भावलाई अनुशरण गर्दै समाजसेवामा लाग्न जोड दिनु भयो । आयोजक समितिका अध्यक्ष राजन थापाले असक्तलाई सहयोग गर्न सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी गराउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...