मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न

Published on

काठमाडौं । सुनसरीको इनरुवामा मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न भएको छ । मेलमिलाप परिषद्को आयोजनामा आठदिने अर्थात् ४८ घण्टे तालिम समपन्न भएको हो । तालिममा २७ जना सहभागीहरुलाई तालिमपछि प्रमाणपत्र वितरण गरेको आयोजक मेलमिलाप परिषद्ले जनाएको छ । तालिमको समापन सत्रमा वत्ताहरुले मेलमिलापलाई उत्कृष्ट प्रक्रियाका रूपमा लिने भएकोले त्यसमा मेलमिलापकर्ताको भूमिका हुने भएकोले तालिम प्रभावकारी भएको बताएका छन् । मेलमिलापबाट विवाद समाधान भएमा समय, मानसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने सहभागीाहरुले बताएका छन् । मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दीर्घकालीन शान्ति सुरक्षा कायम भई असल र सभ्य समाज निर्माण हुने भएकाले नयाँ मेलमिलापकर्ता उत्पादन गर्ने उद्देश्यले दिएको परिषदका अध्यक्ष कुमार रेग्मीले जानकारी दिनुभयो । तामिलमा सहभागीहरुलाई तालिमका प्रमुख प्रशिक्षक चुपबहादुर थापा, प्रमुख अतिथि भद्रकाली पोखरेल, परिषद्का अध्यक्ष कुमार रेग्मीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

कार्यक्रममा दिएको जानकारी अनुसार न्यायिक समितिबाट ८०-७० प्रतिशत विवाद समाधान हुँदै आएको र अदालतमा पनि मेलमिलापको माध्यमबाट देवानी प्रकृतिका मुद्दा मिलाउँदै आएकोले स्थानीय स्तरमा पनि मेलमिलाप उत्पादन गर्ने गरी तालिम दिएको छ । अदालतमा न्यायाधीशले एक पक्षलाई हराउने र अर्को पक्षलाई जिताउने काम गर्नुपर्दा न्यायाधीशलाई नै न्यायाधीश भएको हुनुमा गर्व नलाग्ने गरेको अनुभवसमेत रहेकाले पक्षहरुको हितहित र जितजितको लागि मेलमिलाप आवश्यक रहेकोमा जोड दिएको छ । तालिममा सहभागी रिभा कर्णले भन्नुभयो, “सफल मेलमिलापकर्ता हुनु ठूलो गौरव हो । मेलमिलापकर्ताले दुबै पक्षलाई जिताउँछ । 

दुबै पक्षको मन र मस्तिष्कमा हुने भएकोले पक्ष विपक्ष तथा मेलमिलापकर्तालाई भित्रैबाट सन्तुष्टि हुनुले मेलमिलापप्रति सर्वसाधारणको सकारात्मक धारणा रहेको छ ।”मेलमिलाप परिषद्को आयोजनामा सञ्चालन भएको मेलमिलापकर्ताका लागि आधारभूत तालिमको महत्व तथा विषयवस्तुको गम्भीरताले व्यक्तिगत जीवन र संस्थागत जिवनमा पनि उपयोगी भएको सहभागी रामकुमार मेहताले बताउनुभयो । तालिम अदालतका कर्मचारीलाई समेत दिएकाले निकै फलदायी र सार्थक भएको सुनसरी जिल्ला अदालतका इजलास अधिकृत रामखेलावन मेहताले बताउनुभयो । अर्का अधिकृत अरुणकुमार मेहताले तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिनुभयो  । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...