बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

Published on

काठमाडौं । गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।    गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँनुहुँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहनेगरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्नेगरी समितिलाई आदेश दिइएको छ। यसै घटनाको सत्यतथ्य बुझ्न भन्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिनुभएको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...