हत्या आरोपमा एक पक्राउ

Published on

काठमाडौं । बर्दियामा एक युवकको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङका महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–१ मंझराबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र बर्दिया प्रहरीको संयुक्त टोलीले आज विहान पौने ३ बजे मंझराको एक खाली घरमा सुतिरहेको अवस्थाबाट चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार बर्दिया घटनापछि फरार चौधरीलाई प्रहरीले वनमासमेत खोजेको थियो । राति एउटा खाली घरमा सुतिरहेको अवस्थाबाट उनलाई पक्राउ गरेको विष्टले बताउनुभयो। चौधरीमाथि पेस्तोलले गोली हानेर दाङको तुलसीपुर नगरपालिका–५ का २८ वर्षीय निरज चौधरीको हत्या गरेको आरोप लागेको छ । उनी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् । 

आइतबार बर्दियाको राजापुर नगरपालिका–४ मा रहेको हमार थारु घर एण्ड थारु रेस्टुरेन्टमा विहान ११ बजेतिर चौधरीमाथि गोली प्रहार भएको थियो । गोली प्रहार घटनाको मुख्य अभियुक्त रहेका भनिएका हमार थारु घरका संचालक चौधरी घटनापछि फरार भएका थिए । उनी कैलालीमा लुकेको भन्ने बर्दिया प्रहरीले दिएको सूचनाको आधारमा दुवै जिल्लाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । पक्राउ परेका चौधरीलाई विहानै बर्दिया लगिएको छ । उनले जङ्गलको एउटा रुखमा लुकाएर राखेको पेस्तोल प्रहरीले बरामद गरेको छ । यसैगरी, नम्बर प्लेट उल्लेख नभएको मोटरसाइकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...